वान्तावा, चाम्लिङलगायत राईकरणको मारमा परेका किरातीबाट कुलुङले के सिक्ने ?

  निनाम कुलुङ 'मंगले'
343 Shares

अझै पनि कुलुङ जातिलाई नेपालको अन्य जातिसरह अलग्गै जातिका रुपमा नचिनेर, नभनेर राईभित्रको एक ‘थर’ वा भनौं एक ‘थरी’को रुपमा चिन्न/जान्ने/बुभ्mने गरिएको छ । तर, असलियतमा ‘राइ !’/‘राई !’ शब्दले जात वा जाति नजनाएर पदवी वा पगरी मात्रै जनाउँथ्यो । वास्तविकता पनि त्यही हो । त्यस्तै ‘राइ!’/‘राई !’ शब्दको व्युत्पत्ति ‘राया’/‘राय’ हो । कर्णालीतिर ऊ वेला ‘राया’/‘राय’ भन्नाले राजा भन्ने अर्थ जनाउँथ्यो । यसरी हेर्दा ‘राया’/‘राय’ शब्द नेपालको पूर्वी क्षेत्र (किरात भूमिमा) बढीमा सेनकालदेखि किरातीहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको पदको रुपमा दिईएको देखिन्छ । उदाहरणका लागि यहाँ बुद्घिकर्ण ‘राय’/‘राइ ’लाई नै लिऊँ । बुद्घिकर्ण ‘राय’/‘राइ!’/‘राई !’ अहिले आएर तेह्रथुम जिल्लाको छथर भेगको लिम्बु जातिको ‘खेवा थर’को पूर्खा भएको प्रमाणित भएको छ ।

त्यस्तै नेपालमा दुई–दुई पटक केन्द्र (संघीय) सरकारका मन्त्री भएका ‘मोहमद ईस्तियाक राई’ पनि ‘राई !’ हुनुहुनुन्छ, उहाँ नाम सुन्दै मुसलमान हुनुहुन्छ, होइन र ? राईको अर्को उदाहरण भनेको भारतीय सिने उद्योगकी चल्तापूर्जा कलाकार ‘ऐश्वर्य राई’ पनि राई नै लेख्नु हुनुन्छ । उहाँ हाम्रा राईवाला कामरेडहरुको छोरीचेली वा भनौं दिदीबहिनी पर्नु हुन्छ त ? ‘राया’/‘राय’ शब्दबाट अपभ्रंश भएर आएको ‘राइ !’/‘राई !’ शब्दबारे अहिलेलाई यो भन्दा बढी नलेखौं !

जे होस्, देश विकासको मूल आधारको रुपमा पनि राष्ट्रिय जनगणनालाई लिने गरिन्छ । किनभने, जनगणनाको तथ्यांकमा उल्लेख भएको जातजातिको संख्यामा केकति वृद्घ–वृद्घा, वयस्क, युवा, केटाकेटीको संख्या छ ?, उनीहरुको शैक्षिक अवस्था, रोजगारीको अवस्था, आर्थिक अवस्था, स्वास्थ्य सेवाको अवस्थालगायत सामाजिक अवस्था कस्तो छ ? सो हेरेर नै राज्यले उनीहरुका विकास प्रक्रियाबारे कदम चाल्ने, बजेटिङ गर्ने गर्छ । त्यसैले जनगणना भनेको सम्बन्धित जातिका बारेमा समग्र सूचना राख्ने एउटा सरल र सहज माध्यम पनि हो । तर, कुलुङ जातिका सम्बन्धमा विडम्वना के छ भने, कुलुङ जातिमा कस–कसले कति–कति पढेका छन् ? जस्तै कुलुङ जातिमा साक्षर कति छन्,, सामान्य शिक्षित कति छन्, एसएलसी/एसईई, आईए, बिए, एमए, एमफिल, डाक्टर आदि पढेका कति छन् ? त्यस्तै कुलुङ जातिमा कति संख्यामा वृद्घ–वृद्घा छन्, वयस्क कति छन्, युवा कति छन्, केटाकेटीको संख्या कति छ ?, कुलुङ जातिमा रोजगारीको अवस्था कस्तो छ, निजामती कर्मचारी सेवा, सार्वजनिक संस्थान, शैक्षिक सेवा, कानुुनी सेवा, सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, आईएनजिओ र एनजिओहरु, नेपालस्थित दातृ निकाय आदिमा जागिर वा एक्सेस् कस्तो छ ? भन्नेलगायत सामाजिक अवस्थाबारेमा जानकारी वा भनौं तथ्यांक खोजेमा भेटिँदैन । जबकि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना र कुलुङ भाषा वक्ता संख्या ३३ हजार १७० जना देखाईएको छ ।

माथि नै उल्लेख भएको छ कि, राई के हो ? भन्नेबारेमा । त्यसैले अरुले राई मात्रै होइन अरु जे सुकै लेखून् !, चासो नलिईकन हामी कुलुङ जातिले चाहिँ यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनामा मात्रै नभएर सँधैभरि र, सबै कुलुङहरुले ‘राई’ वा कुलुङ ‘राई’ नलेखेर/नभनेर ‘‘कुलुङ’’ मात्रै लेखौं, लेखाऊँ र भनौं ।

हुन पनि हामीले हाम्रो असली जातीय स्वपहिचान हुँदाहुँदै अरु कसैको लहैलहैमा लागेर थाहै नपाई जातीय स्वपहिचान र अपनत्व गुमाउनुको पीडा कस्तो हुन्छ ? बान्तावा जातिका अगुवाहरुलाई सोध्दा पनि थाहा भईहाल्छ । किनभने, विसं २०६८ को जनगणनाको तथ्यांकअनुसार बान्तावा भाषाका वक्ता संख्या १ लाख ३२ हजार ५८३ जना रहेका छन् । जबकि सोही जनगणनाको तथ्यांकमा बान्तावा जातिको जनसंख्या भने केवल ४ हजार ६०४ जना रहेको छ । बाँकी बान्तावाहरु कहाँ गए ? प्रश्न गम्भीर छ । यसरी बान्तावा भाषाका वक्ता संख्याचाहिँ १ लाख ३२ हजार ५८३ जना हुनु तर, बान्तावा जातिको जनसंख्या चाहिँ केवल ४ हजार ६०४ जना मात्रै हुनु !? त्यसो भएपछि बान्तावा भाषाले प्रदेश एकमा प्रदेशको भाषाको रुपमा मान्यता पाएन, सिफारिस भएन । सत्य र तथ्य कुरो यस्तो हो ।

त्यसैले विगत (विसं २०५८ को १० औं र विसं २०६८ को ११ औं) जनगणनामा जस्तो १२ औं जनगणनामा कुलुङहरुले जात वा जातिको महलमा ‘‘कुलुङ’’ मात्रै नलेखेर ‘राई’ वा कुलुङ ‘राई’ लेखेमा फेरि पनि हाम्रो जनसंख्या राईमा नै गाभिने पक्का छ । त्यसो भएपछि हामी कुलुङ जाति फेरि पनि बान्तावा मात्रै नभएर चाम्लिङ, थुलुङ, खालिङ, बाहिङ, साम्पाङ, लोहोरुङ आदि जस्तै हुनेछौं । अझ बान्तावा, चाम्लिङ, थुलुङ, खालिङ, बाहिङ, साम्पाङ, लोहोरुङ आदि त धेरथोर रुपमा अन्य जात वा जातिसरह अलग्गै जातिका रुपमा तथ्यांकमा आएका छन् । तर, जेरो/जेरोङ, वाम्बुले, दुमी, कोयु, पुमा आदि त अलग्गै जातिका रुपमा आउन सकेका छैनन् । भोलि गएर अवश्य नै ती जातिका कोही न कोही महानुभावहरुले खोज्लान् । आपूmहरु जस्तै जस्तै राई शब्दले चिनिएका, जानिएका कुलुङ, बान्तावा, चाम्लिङ, थुलुङ, खालिङ, बाहिङ, साम्पाङ, लोहोरुङ आदि धेरथोर भए पनि अलग्गै जातिका रुपमा तथ्यांकमा आउँदा जेरो/जेरोङ, वाम्बुले, दुमी, कोयु, पुमा आदिचाहिँ कसले गर्दा अलग्गै जातिका रुपमा आएनन्/आउन सकेनन् भनेर…

पहिलो त राई जात वा जाति नभएकोले गर्दा हो । ‘राइ !’/‘राई !’ शब्दको व्युत्पत्ति ‘राया’/‘राय’ हो । कर्णालीतिर ऊ वेला ‘राया’/‘राय’ भन्नाले राजा भन्ने अर्थ जनाउँथ्यो । यसरी हेर्दा ‘राया’/‘राय’ शब्द नेपालको पूर्वी क्षेत्र (किरात भूमिमा) बढीमा सेनकालदेखि किरातीहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको पदको रुपमा दिईएको देखिन्छ । उदाहरणका लागि यहाँ बुद्घिकर्ण ‘राय’/‘राइ ’लाई नै लिऊँ । बुद्घिकर्ण ‘राय’/‘राइ!’/‘राई !’ अहिले आएर तेह्रथुम जिल्लाको छथर भेगको लिम्बु जातिको ‘खेवा थर’को पूर्खा भएको प्रमाणित भएको छ । त्यस्तै नेपालमा दुई–दुई पटक केन्द्र (संघीय) सरकारका मन्त्री भएका ‘मोहमद ईस्तियाक राई’ पनि ‘राई !’ हुनुहुनुन्छ भन्ने लगायत धेरै उदाहरणहरु छन्, राई के हो ? भन्ने सम्बन्धमा । अर्को भनेको हालसम्मको जनगणनामा कुलुङ जातिमा कस–कसले कति–कति पढेका छन् ? जस्तै साक्षर, सामान्य शिक्षित, एसएलसी/एसईई, आईए, बिए, एमए, एमफिल, डाक्टर आदि कुलुङ जातिमा कति संख्यामा छन् ? वृद्घ–वृद्घा कति छन्, वयस्क कति छन्, युवा कति छन्, केटाकेटीको संख्या कति छ ?, कुलुङ जातिमा रोजगारीको अवस्था कस्तो छ, निजामती कर्मचारी सेवा, सार्वजनिक संस्थान, शैक्षिक सेवा, कानुुनी सेवा, सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, आईएनजिओ र एनजिओ, नेपालस्थित दातृ निकाय आदिमा जागिर वा एक्सेस् कस्तो छ ?, उनीहरुको आर्थिक अवस्था र स्वास्थ्य सेवामा पहुँचको अवस्था कस्तो छ ? भन्नेलगायत सामाजिक अवस्थाबारेमा जानकारी वा भनौं तथ्यांक खोजेमा भेटिँदैन । त्यसैले कुलुङ जातिका बारेमा यी सबै तथ्य–तथ्यांकबारे जानकारी राख्न र सोहीअनुसार देश विकास प्रक्रियामा अग्र भागमा रहेर सहभागी हुनका लागि पनि हामी कुलुङहरुले जातिको महलमा ‘‘कुलुङ’’ मात्रै लेखौं, ‘राई’ वा कुलुङ ‘राई’ नलेखौं, नलेखाऔं । फेर पनि दोहोर्याएर भन्नु पर्दा ‘‘कुलुङ’’ मात्रै नलेखेर ‘राई’ वा कुलुङ ‘राई’ लेखेमा हाम्रो (‘‘कुलुङ’’) को जनसंख्याको तथ्यांक सही आउँदैन, राईमा गाभिनेछ । त्यसपछि हामीले अर्को १० वर्ष ‘टाउकामा हात राखेर खुई…ई…य !’ गर्दै बस्नुवाहेक अर्को उपाय नास्ती हुनेछ ।

हो, कुलुङ जातिमा मात्रै नभएर जानेर वा नजानेर हालसम्म राईकरणको मारमा परेका किराती महाजातिलगायत अन्य धेरै जातजाति, समुदाय, भाषाभाषी, समूह, धर्म, वर्ग, लिंग आदिमा जनगणनामा नागिरिकता चाहिने होला, नागरिकता नभए जनगणनामा आपूmलाई गणकले नसमेट्ने होला । वा जनगणनामा गणकले नागरिकताअनुसार मात्रै आप्mनो नाम थर, वा जात, जाति लेख्ने, टिप्ने होला भन्ने भ्रम वा अन्यौल रहेको हुन सक्छ  । अथवा अर्को पक्षले यो भ्रम पैmलाउन सक्ने संभावना देखिन्छ । तर, त्यस्तो होइन । जनगणना गर्न तपाईको घर–दैलोमा आउने गणकले तपाईको नागरिकतामा के छ ? भनेर सोध्दैन, न त गणकले तपाईको पासपोर्ट, स्कूल पढेको सर्टिफिकेट, पेन्सन पट्टा, विद्यार्थी कार्ड, निजामती कर्मचारी कार्ड, वृद्ध–वृद्घा भत्ता कार्ड आदिमा के छ ? भनेरै सोध्ने छन् ! गणकहरुले यस्तो ‘फन्टुस !’ प्रश्न सोध्दैनन्, तपाईँ–हामी ढुक्क होऔं ।

त्यस्तै यही कात्तिक २५ गतेदेखि मंसिर ९ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिले पाएको अलग्गै ‘जातिगत कोड–६२’ र ‘भाषागत कोड–२९’ रहेको छ भन्ने कुरो कुलुङका सबै अगुवा तथा बुद्धिजीवीहरुले गाउँगाउँ टोलटोल (भूईँतह) सम्म गएर बुझाऔं, प्रचार–प्रसार गरौं । विगतमा हामी कुलुङका अगुवा वा जान्ने बुभ्mने भनिनेहरुबाटै जानेर वा नजानेर केही गल्ती वा भूलचुक गरेको भए तापनि वा जे–जस्तो कमी कमजोरी गरेको भए तापनि आगामी १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक सही ढंगले आउने माहौल निर्माण गरौं, बनाऔं । अन्यथा हाम्रा भावी पुस्ताले हामीलाई धिक्कार्ने छन्, सराप्ने छन् भन्ने हामीले वेला छँदै बुभ्mन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार