केपि ओलीको तानाशाहि चरित्र छिट्टै ढल्ने : रामकुमारी झाँक्रि

  नयाँ बुलन्द
147 Shares

खड्ग ओलीको अबिरजात्रा राज्यशत्ता दोहन गरेको पैशा हुन्जेल मात्रै हुन्छ : रामकुमारी झाँक्रि

इलाम : नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रिले नेकपा एमालेका अध्यक्ष केपि ओलीको तानाशाहि चरित्र छिट्टै ढल्ने बताएकी छन् । संविधान मास्ने र दक्षिणपन्थि भासमा पसेका केपि ओलीसँग उनका गान गाउने र ठुला फोटामुनी फोटो खिच्ने विचार विहिन व्यक्तिहरु मात्रै भएको बताएकी हुन् ।
इलामको माईजोगमाई स्थित नयाँबजारमा आयोजना गरिएको पार्टी कार्यालय उट्घाटन पछिको आमसभामा बोल्दै नेतृ झाँक्रिले क्रान्तिकारी पार्टी ठुला तानाशाहाको प्रतिमा र सालिकबाट चल्ने भएको भए इराकमा अझैपनि सद्दाम हुसेनको शासन टिक्ने बताएकी हुन् । जनताको बिचार र कम्युनिष्ट कार्यदिशा छोडेर हिड्दा विश्वका अन्य तानासाहाहरु ढले झै केपि ओलीपनि बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको उनले बताइन् ।
विश्वका डरलाग्दा तानाशाहा मुसोलिनीको शासन र अग्ला शालिकहरु समेत ढलेकाले केपि ओलीको तामझाम दुई चार दिन  मात्रै रहने भन्दै नेता झाँक्रिले एमालेको विधान भेला पुर्व पञ्च भेला जस्तै भएको बताइन् ।
‘बादसाहा र तानासाहाले राज्यशक्तिहरुको दोहन गरेर आर्जित गरेको पैशाले ठुला कदहरु निर्माण गर्ने भएकाले केपि ओलीले पनि राज्यशक्तिको दोहन गरि आफ्ना भजनमण्डलीहरुबाट आफ्नो अग्ला फोटाहरु सहरका भित्तामा राख्ने गरेका छन्, उनले भनिन्–‘जब विचार राजनिति मुल्य, संस्कार र जनताको जनचाहाना विपरित तानाशाहा हिड्छन्, उनीहरु इतिहासबाट हराएका गएका छन् । अग्ला शालिक बनाएर फोटो खिचाउनेको भिड देख्दा दया लागेको भन्दै झाँक्रिले भनिन्–‘कम्युनिष्ट पार्टी बिचार र निति सिद्धान्तबाट अघि बढ्नुपर्ने भएपनि एमाले पार्टी विचार बिहिन भकाले हामी एमालेबाट बिद्रोह गरि समाजवादी यात्रामा लागेको हो ।’
एउटा सहरबाट अर्को सहर पुग्दा हजारौँ मोटरसाइकल र्याली गर्नुपर्ने, स्तुती गान गर्नुपर्ने, अबिरजात्रा गर्नुपर्ने ओलीको तमासा राज्यशत्ता दोहन गरेर जम्मा भएको पैशा हुन्जेल हुने झाँक्रिको भनाई छ । ‘२०४५ सालतिर पञ्चहरुले पनि अहिलेका ओलीको जस्तै र्याली गरेपनि पञ्चायति शासन टिकेन, उनले भनिन्–‘ २०६२÷६३ मा पनि राजा ज्ञानेन्द्रले प्रायोजित रुपमा गरिएका अभिनन्दनले राजा ज्ञानेन्द्रको शासन, सत्ता मात्रै गुमाएनन् राजतन्त्र नै ढलेकाले अब ओलीको तामझाम केहि दिन मात्रै देखिन्छ ।’ नक्कली र प्रायोजित लोकप्रियताको बाटोमा खड्गप्रसाद ओली हिडेकाले अब धेरैदिन टिक्दैन,उनले भनिन्–‘ ओलीसँग अहिले उनका भजनमण्डली, चाकर मात्रै हिड्दैछन् । खड्गप्रसाद ओलीका नजरमा कम्युनिष्ट पार्टी भित्र कमरेड हैन दुस्मन र चाकर छन् । उनका दुस्मनहरु हामी पार्टीबाट बिद्रोह गरि नयाँ ढंगले आन्दोलन पुनरगठन गर्ने संकल्प लागेको छौँ झाँक्रिले भनिन्– अब उनीसँग चाकर मात्रै छन् ।’

काठमाडौँको गोदावरीमा भएको विधान सम्मेलन चाकरहरुका कुम्भ मेला भएको उनको भनाइ छ । उनले भनिन्–‘एमाले दक्षिणपन्थिको बाटोमा मात्रै हैन विगठनको बाटोमा छ, टोलटोलमा केन्द्रिय सदस्यको पद बाढिदैछ ।’
पार्टीको घोषणापत्रलाई सहि ढंगले कार्यान्वयन नभएकाले एमालेबाट बिद्रोह गरि एकिकृत समाजवादी पार्टी बनाइएको उनले बताइन् । दुई तिहाईको सरकारलाई सहि ढंगले अघि बढाउन नसक्ने, संविधान जारी भएपछि आर्थिक र सामाजिक रुपान्तरणमा जाने योजना हटाएर राज्यसक्ता कब्जा गर्ने, भष्ट्राचार गर्ने आफ्ना समर्थक मात्रै हैन, भजनमण्डली, गुटका चाटुकारहरु राज्यसक्तामा कब्जा गर्ने नियतीका साथ ओली नियुक्ति गरेको नेतृ झाँक्रिको आरोप छ ।

संविधान मास्नका लागि संसद विगठन ओली एण्ड कम्पनीलाई सक्तामा बसरे लुटिएको पैसाबाट पानीका बोतलमा फोटो टासिएको भन्दै नेतृ झाँक्रिले–‘जुत्ता, मोजा, लुगामा पनि ओलीको फोटो टाँसेर हिड्ने ओलीको भजनमण्डली धेरै दिन टिक्नेछैन ।’ विचार विहिन एमालेको सूर्य चिन्हको ट्रेडमार्क अब निर्वाचनसँगै हराएर जाने झाँक्रि बताइन् । ‘मोवाइल बनाउने लोकप्रिय कम्पनी नोकिया विश्व बजारबाटै हराएकाले अब एमालेको सुर्य नोकिया फोनजस्तै हुने झाँक्रिले बताइन् ।

व्यक्तिवादमा केन्द्रित, विचार विहिन व्यक्तिगत अहंकरकारबाट ग्रसित भएर दुई तिहाईको सरकारलाई गिराउने, जननिर्वाचित संसद विगठन गराउने, जनताबाट निर्माण गरिएको संविधान मात्रै नभएर जनक्रान्तिबाट संस्थागत भएका उपलब्धिहरु सत्यानास गर्ने केपि ओलीको अन्त्य दुखदायी भएर जाने झाँक्रि बताइन् ।

कार्यक्रमा नेकपा एकिकृत समाजवादीको नेतृ तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बु, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूरु राई, समाजवादीका इलाम अध्यक्ष भक्त केशी, बुद्धिजिवी आर सि नेपाल, युवासँघका नेता महेश तिवारी लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार