लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिएको बजेट (प्रतिस्थापन बजेट)को राशि कति रहेको छ ?
 रु. १६ खर्ब ३२ अर्ब ८३ करोड
– अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटभन्दा यो बजेट करिब १५ अर्ब रुपियाँले कमी रहेको ।
– २०७८ जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत बजेटको राशि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँ रहेको ।
आय–व्यय विवरण
– चालू खर्च :छ खर्ब ७७ अर्ब ९९ करोड (४१.५२ प्रतिशत)
– पुँजीगत खर्च : तीन खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत)
– वित्तीय व्यवस्थापन : एक खर्ब ८९ अर्ब ४४ करोड (११.६ प्रतिशत)
– वित्तीय हस्तान्तरण : तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत)
स्रोत व्यवस्थापन
– राजस्व :१० खर्ब ५० अर्ब ८२ करोड
– वैदेशिक अनुदान : ५९ अर्ब ९२ करोड
– वैदेशिक ऋण : दुई खर्ब ८३ अर्ब नौ करोड
– आन्तरिक ऋण :दुई खर्ब ३९ अर्ब
– वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालू खर्चमा समानीकरण अनुदानसहित रु. ३ खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पुँजीगततर्फ रु. ६१ अर्ब ५५ करोड (१५.८९ प्रतिशत) रहेको ।
बजेटका उद्देश्य
– विद्यमान बहुआयामिक गरिबी न्यूनीकरण गर्ने ।
– अर्थतन्त्रको पुनरुत्थान गरी उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्ने ।
– संविधानले परिकल्पना गरेअनुरूप समावेशी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।
बजेटका विशेषता
– बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको ।
– मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको ।
– मिर्गाैला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराइने ।
– राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्तिबापत मासिक तीन हजार प्रदान गरिने ।
– कोभिड महामारीमा रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपियाँका दरले (राहतस्वरूप प्रतिपरिवार एक पटक) सहयोग प्रदान गर्ने । यो सहयोग २०७८ असोज महिनाभित्र वितरण गरिसक्ने सरकारी लक्ष्य ।
– प्रत्येक स्थानीय तहमा पाँच सय जनालाई बिनाधितो ऋण प्रदान गर्ने कार्यक्रम ।
– प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा सुरुवात गरिने ।
– तीन सयभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई राहत प्रदान गरिने ।
– कृषि बीमाको प्रिमियमको अनुदान वृद्धि गरी ८० प्रतिशत कायम गरिएको ।
– निरन्तर घाटामा गएका सार्वजनिक संस्थानलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य विधिबाट व्यवस्थापन गर्ने नीति लिइने ।
– २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने ।
– २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने ।
– प्रत्येक प्रदेशमा कम्तीमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने ।
– काठमाडौँ उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने ।
– धार्मिक सङ्ग्रहालय स्थापना गरिने ।

२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
 सेप्टेम्बर ८
– (सन् २०२१ को नारा : मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता

३. राष्ट्रिय जनगणना–२०७८ का लागि संशोधित कार्यतालिकाअनुरूप तय गरिएको मिति कुन हो ?
 वि.सं. २०७८ कात्तिक २६–मङ्सिर ९
– (वि.सं. २०७८ भदौ २१ को मन्त्रिपरिषद् बैठकले सो मिति तय गरेको ।)

४. सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
 वि.सं. २०७८ भदौ २१ गते

५. अठारौँ निजामती सेवा दिवस, २०७८ को नारा के रहेको छ ?
 व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन
– वि.सं. २०१३ भदौ २२ गते नेपालमा पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २२ गतेका दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने गरिएको ।
– यो दिवस वि.सं. २०६१ देखि मनाउन थालिएको ।

६. गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा कहिले गरेको हो ?
 सन् २०२१ सेप्टेम्बर ५

७. ग्रिन डिल अफ द इयर २०२१ को उपाधि प्राप्त गर्ने नेपाली बैङ्क कुन हो ?
 एनएमबी बैङ्क
– (सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैङ्किङ अवार्ड श्रेणीअन्तर्गत एनएमबी बैङ्कले सो उपाधि प्राप्त गरेको ।)

८. भारतको कलिङ लिटररी फेस्टिबलले २०२०÷२१ का लागि प्रदान गरेको केएलएफ बुक अवार्डस् प्राप्त गर्ने नेपाली को हुन् ?
 वसन्त चौधरी (उद्योगपति तथा साहित्यकार)

९. निजामती सेवा दिवस २०७८ को अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने निजामती कर्मचारी कोको हुन् ?
 १. विमल पौडेल (सहरजिस्ट्रार, सर्वोच्च अदालत)
२. डा. किरण रुपाखेती (सहसचिव, राष्ट्रिय योजना आयोग)
३. राजेन्द्रकुमार के.सी. (सहसचिव, अ.दु.अ.आ.)
४. विष्णुदत्त गौतम (सहसचिव, सङ्घीय मामिला तथा सा.प्र. मन्त्रालय)
५. डा. भीमसिं तिङ्करी (निर्देशक, स्वास्थ्य सेवा विभाग)
६. हरिशङ्कर ज्ञवाली (उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
७. नेत्रप्रसाद पौडेल (निर्देशक, महालेखा परीक्षकको कार्यालय)
८. सुमना अर्याल वाग्ले (निर्देशक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग)
९. छविलाल सुवेदी (प्रमुख प्रशासकीय अधिकृत, बेनी नगरपालिका, म्याग्दी)
१०. कमला ढकाल काफ्ले (नायब सुब्बा, महिला तथा बालबालिका विभाग)
– त्यस्तै सो अवसरमा निजामती सेवा पुरस्कारबाट सम्मानित हुने ३० जना निजामती कर्मचारीमा – लक्ष्मीकुमारी बस्नेत (सहसचिव), ज्ञानराज सुवेदी (सहसचिव), कोशलचन्द्र सुवेदी (सहसचिव), विष्णुप्रसाद शर्मा (सहसचिव), दिलीपकुमार गौतम (उपसचिव), भोलाप्रसाद चापागार्इं (उपसचिव), शान्ता नेपाल मरासिनी (उपसचिव), डा. भोजराज शर्मा (काफ्ले) (उपसचिव), गुरुप्रसाद वाग्ले (उपन्यायाधिवक्ता), विपुलकुमार लाल दास (सिनियर डिभिजनल इन्जिनियर), सूर्यप्रसाद सापकोटा (उपसचिव), केदारप्रसाद नेपाल (सिनियर डिभिजनल इन्जिनियर), विज्ञान बन्जारा (नापी अधिकृत), प्रमिला वाग्ले (कृषि विकास अधिकृत), कुलशेखर अर्याल (शाखा अधिकृत), शिला ज्ञवाली (सहायक वन अधिकृत), सुजितकुमार सिंह (कर अधिकृत), महेशविक्रम लागेजु (शाखा अधिकृत), भक्तिप्रसाद भट्टराई (लेखा अधिकृत), भेषराज पन्थ (प्रमुख प्रशासकीय अधिकृत), विन्ध्या कार्की (लेखा अधिकृत), जलेश्वर राम (शाखा अधिकृत), जिज्ञासा राई याङ्खुरुङ (इन्जिनियर), भरतप्रसाद तिमल्सिना (टा.ना.सु.), उत्तम खनाल (वरिष्ठ मुद्रण सहायक), खडानन्द पौडेल (कम्प्युटर अपरेटर), के.आई.सिं. गलान (नायब सुब्बा), रामनरेश साह (नायब सुब्बा), अमरसिंह लामा (कार्यालय सहयोगी), पूर्णप्रसाद अगस्ती (कार्यालय सहयोगी)

१०. अन्तर्राष्ट्रिय प्रकृति संरक्षरण कोष (आईयूसीएन)को रेड डाटा बुक लिस्टमा संवेदनशील सूचीमा समावेश (सन् २०२१ जनवरी) नेपालका दुई चरा प्रजाति कुन कुन हुन् ?
 राग महाचिल र कुरारी फ्यालफ्याले

११. नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?
 कोसी टप्पु वन्यजन्तु आरक्ष

१२. विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
 नेपाल

१३. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
 १४ प्रतिशत
– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहेको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कमतौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर–किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।

१४. गुराँसे पोखरी कहाँ रहेको छ ?
 ताप्लेजुङको मेरिङदेन गाउँपालिका

१५. वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न सरकारले ‘कल सेन्टर’को सञ्चालन कहिलेदेखि गरेको हो ?
 वि.सं. २०७५ चैत १८

१६. नेपाल र म्यानमारबीच व्यापार र लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?
 वि.सं. २०७५ मङ्सिर १४ (सन् २०१८ नोभेम्बर ३०)

१७. नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०७५ मङ्सिर २९

१८. काठमाडौँ उपत्यकाको कुन ठाउँलाई ‘अशोकपतन’ पनि भनिन्थ्यो ?
 पाटन

१९. सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
 वि.सं. २०७५ भदौ २५

२०. प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
 मनसुन कमजोर भई न्यून वर्षा हुने

२१. नेपाल सरकारले विदेशी मुलुकसँग लगानीका लागि ‘द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा)’को सट्टा कुन ढाँचा लागू गर्न थालेको छ ?
 द्विपक्षीय लगानी सम्झौता (बीआईए)

२२. नेपालको कुन ठाउँमा सारस प्रजनन केन्द्र रहेको छ ?
 कपिलवस्तु

२३. नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?
 चिलिमे हाइड्रोपावर
– (आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय रुपन्देही, विभागमा राहदानी विभाग र वाणिज्य बैङ्कमा नबिल बैङ्क रहेको ।)

२४. जी–२० को स्थापना कहिले भएको हो ?
 सन् १९९९ सेप्टेम्बर २६
प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार