पत्रकार महासंघलाई यसो गरौं भन्ने मेरो सुझाव

  निनाम कुलुङ 'मंगले'
147 Shares

नेपालका पत्रकारहरुको आधिकारिक संगठन मानिने ‘नेपाल पत्रकार महासंघ’को २६ औं महाधिवेशन गएको चैत २५, २०७७ मा सम्पन्न भएको थियो । त्यसैले सो महाधिवेशनबाट चुनिएर आउनु भएका पत्रकार कामरेडहरुमा मेरा केही व्यक्तिगत सुझावहरु छन्, जुन तपाईँहरुले चाहेमा सहजै कार्यन्ययनमा ल्याउन सकिन्छ । साथै समाचार, सूचना, प्रविधि र विज्ञानका कारण कोही पनि लाटो–बुंगो ! भई रहनु नपर्ने आजको जमानामा प्रिन्ट, अडियो, भिजुअल, डिजिटल र सामाजिक सञ्जालसम्म पुगेर सञ्चारमाध्यमले साँच्चै नै आजभन्दा १५/२० वर्षअघिको तुलनामा कल्पनै गर्न नसकिने गरी क्रान्ति ल्याएको छ ।

त्यसैले अब पत्रकार महासंघले आप्mनै सहकर्मी वा भनौं पत्रकारहरुका बारेमा, प्रस्टसँग भन्नु पर्दा अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका !) मध्ये धेरैले नियतवश हो वा अन्जानमा हो ! आपूmलाई मन नपरेका व्यक्ति, समूह, वर्ग, सामाजिक संघसंस्था, राजनीतिक दल, राजनीतिक दलका नेता, आप्mना विरोधी खेमा, राजनीतिक दलका कार्यकर्ताहरुलाई आदिलाई लक्षित गरी जताभावी ढंगले समाचार लेख्ने छाप्ने/प्रकाशित गर्ने, उनीहरुका विरुद्ध लेख छाप्ने/प्रकाशित गर्ने, फिचर लेख्ने/छाप्ने गरेको देखिन्छ ।

अझ कतिपय अनलाइनकर्मीहरुले त आपैmले लेख वा समाचार नलेखेर अरुलाई कसैलाई (आपूmले जे भन्यो, त्यही मान्ने हनुमानेहरुलाई !) नक्कली नाममा समाचार वा लेख लेख्न लगाएर आप्mनो अनलाइन (डिजटल पत्रिका !) मा छाप्ने/प्रकाशित गर्ने गरेको पनि प्रशस्तै देखिन्छ । त्यतिले नपुगेर विशेष समाचार (एंकर न्युज !), फिचर लेख लेख्न लगाउने, लेख, रचना लेख्न लगाउने र छाप्ने गरेको पनि प्रशस्तै देखिन्छ । यसरी आपैmले लेख्दा वा कुनै संघसंस्था वा व्यक्तिले नै लेख्दा ऊ बारे सबै कुरो थाहा हुने भएकोले गर्दा नै वास्तवमा उही व्यपक्तलाई नक्कली नाममा लेख्न लगाइन्छ, लेखाइन्छ । जस्तो विसं २०६२/०६२/०६३ तिर ‘मनुज चौधरी’को नक्कली नाममा नेपाल साप्ताहिकमा परिवर्तनका खिलाफमा लेख्ने रवीन्द्र मिश्र थिए भन्ने त धेरै कमलाई मात्रै थाहा थियो । जो पछि आएर (२०६९/०७० पछि) त ‘विवेकशील+साझा+साझा+विवेकशील !’ पार्टीका नेता भए ।

हुन पनि विश्वभरि नै मिडियालाई देशको चौथो अंगसमेत मान्ने गरिन्छ । मेरो कुरोको चुरो के हो भने, अबदेखि कुनै पनि अनलाइन (डिजटल पत्रिका !) र दैनिक पत्रपत्रिका तथा साप्ताििहक पत्रपत्रिकाहरुले समाचार, फिचर, लेख र रचनाहरु छाप्दा/प्रकाशित गर्दा वास्तविक समाचारदाता, सम्वाददाता, फिचर लेखक वा प्रस्तोता लेख रचना लेख्ने लेखक को हो ? पाठकहरुले थाहा पाऊन भनेर उसको (सम्बन्धित समाचारको समाचारदाता, सम्वाददाता, फिचर लेखक वा लेख रचना लेख्ने लेखक) को फोटा अनिवार्य रुपमा छाप्नैपर्ने व्यवस्थापछि मात्रै समाचार, फिचर, लेख, रचना प्रकाशित गर्ने/छाप्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । हुन पनि यस्तो व्यवस्था नेपालमा बहुदलीय प्रजातन्त्र आउने बित्तिकै (विसं २०४६ को परिवर्तनसँगै) लागू गरेको भए रवीन्द्र मिश्र जस्तो त्यो वेला बीबीसी रेडियोमा काम गर्दै गरेकाले मान्छेले ‘भूतको छाँया !’ जस्तो चिन्नै नसकिने छाँया राखेर कान्तिपुर पब्लिकेशन्सको सह–प्रकाशन ‘नेपाल साप्ताहिक’मा आप्mनो लेख छपाउने थिएनन्/छापिने नै थिएन । हुन त त्यो वेला ‘अजय पी नाथ !’ लगायत अरुहरु पनि नक्कली नामवालाहरु नजन्मिएका होइनन् !?

त्यसैले नेपाल पत्रकार महासंघमा चुनिएर आएका नयाँ कार्य समिसतिका महानुभावहरुको विशेष गरेर अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) बारे केही नयाँ र प्रभावकारी व्यवस्था गरोस् ! भन्ने सुझाका साथै आशा राखेको छ, यो पंक्तिकारले । किनभने, अभैm पनि नेपालका (सबैले होइन) केही अनलाइन न्युज पोर्टलहरुले आप्mनो अनलाइृनमा समाचार, फिचर र लेख छाप्दा वा प्रकाशित गर्दा कैफियत गर्ने गरेका शस्तै देखिने, भेटने गरेको छ । त्यसैले नेपालका हरेक अनलाइन न्युज पोर्टलहरुले आप्mनो समाचारदाता वा समाचार प्रेषक, फिचर लेख वा लेख रचनाका लेखकहरुको फोटा, मोबाइल नम्बर, इमेल आदि समेत उल्लेख गर्नैपर्ने/छाप्नैपर्ने नयाँ व्यवस्था लागू गराउनुपर्ने देखिन्छ । यस्तो काम गर्नका लागि नेपाल पत्रकार महासंघले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल, नेपाल प्रेस इन्स्टिच्युट, त्यस्तै आप्mनै सहभागितामा कुनै यस्तो काम सहजै गर्न सक्छ । हरेक अनलाइन न्युज पोर्टलहरुले आप्mनो अनलाइनमा प्रकाशित समाचार, फिचर र लेखको लेखक/प्रस्तोताको समाचार, लेख वा फिचरसँगै उसको फोटा, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था गर्नेतर्पm नेपाल पत्रकार महासंघले अब ढीला गर्नु हुन्न । त्यसो गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्युज पोर्टलहरुले आपूm स्वयमले वा अरु कसैको नक्कली नाममा समाचार लेखाउने/छपाउने, फिचर लेखाउने छपाउने र लेख रचना लेखाउने/छपाउने काममा कमी आउने देखिँदैन । त्यसैले जानाजान वा भनौं नियत बांगिएरै पत्रकारिताको नाममा गलत कार्य गर्न चाहने/गर्नेहरुका लागि केही कठोर हुँदै नयाँ व्यवस्था गर्नैपर्ने देखिन्छ, नेपाल पत्रकार महासंघले ।

हुन त केही दैनिक र साप्ताहिक पत्रिकाहरु अनि अनलाइन न्युज पोर्टलहरु आपैm पनि समाजप्रति जिम्मेवार भएर र, जिम्मेवारी महसुस गरेरै होला, सही पत्रकारिता नै गरी रहेको देखिन्छ । त्यसैले ती अनलाइनहरुले कुनै संकोच र लुकाई, छिपाई नगरी आप्mनो अनलाइन न्युज पोर्टलको सूचना विभाग दर्ता नं., कार्यलय रहेको ठेगाना, फोन नं., फोटासहितको प्रकाशकको नाम, प्रधानसम्पादकको नाम, सम्पादकको नाम, लेख रचना प्रमुखको नाम, समाचारदाताको नामदेखि लिएर गार्ड र कार्यलय सहयोगीको नामसमेत राखेको उल्लेख गरेको देखिन्छ/भेटिन्छ । तर, अभैm पनि केही अनलाइन न्युज पोर्टलहरुले भने, आप्mनो सूचना विभाग दर्ता नं.कति हो ?, कार्यलय रहेको ठेगाना कहाँ हो ?, फोन नं. कति हो ?, प्रकाशक को हो, सम्पादक को हो ?, … को हो …? उल्लेख छैन । त्यसो भएपछि नियत बाँगिएकाहरुले फोटासहितको प्रकाशकको नाम, प्रधानसम्पादकको नाम, सम्पादकको नाम, लेख रचना प्रमुखको नाम, समाचारदाताको नाम राख्ने/उल्लेख गर्ने प्रश्नै रहेन । फेरि पन भन्नै पर्दा उनीहरुको समाचार दिने शैली र उनीहरुले छापेको लेख, रचना, फिचर आदि हेर्दा उनीहरु ‘स्वच्छ मनले पत्रकारिता गर्नका लागि भन्दा पनि आपूmहरुलाई मन नपरेका राजनीतिक दल, संघसंस्था वा व्यक्ति विशेषलाई सिध्याउन वा भनौं खुईल्याउनका लागि मात्रै अनलाइन न्युज पोर्टल चलाएका हुन् कि ! भनेझैँ देखिन्छ ।

जस्तो यहाँ उदाहरणका लागि यहाँ ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टललाई लिन सकिन्छ । सो अनलाइनले विसं २०७७ पुस १४ गते गणेश … राईले एकजना व्यक्तिबारे लेखेको एक फिचर/लेख छापेको थियो । त्यसपछि यो पंक्तिकारले सो व्यक्तिबारे फिचरबारे वास्तविकता के हो त ? भनी आपूmलाई थाहा भएको कुरोहरु लेखेर प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेख पठायो । धेरै दिनसम्म पनि सो लेख नछापिएपछि सोधखोज गर्दा छाप्न नसक्ने भनी बताएका थिए, ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलका सम्पादकले । अझ अचम्म त के भने, विसं २०७७ फागुन अन्तिम–चैत पहिलो हप्तासम्म पनि ‘तुवाचुङ’ नामक सो अनलाइन न्युज पोर्टलको सूचना तथा प्रसारण विभाग दर्ता नम्बर खालि नै रहेको थियो । अहिले भने सो अनलाइनको सूचना विभाग दर्ता नं.–२४७५/०७७–०७८ रहेको देखिन्छ । जबकि सो अनलाइन केही वर्षअघि देखि नै सञ्चालनमा आएको थियो/हो ।

हुन त कुरो ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलको मात्रै नभएर ‘सार्बजनिक अनलाइन, (सो अनलाइन बन्द गरेर साल्पा अनलाइन चलाएको भनिएको) साल्पा अनलाइन, लिब्जुभुम्जु अनलाइन (जो विगत लामो समयदेदिख हालसम्म पनि दर्ता नभई नै चलेको देखिन्छ, यो लेख लेख्दासम्म) लगायत नेपालका सयौं यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल, टीभी, रेडियो, एफएम रेडियो, प्रिन्ट मिडियाहरुले पनि कसैप्रति व्यक्तिगत रिस फेर्न, व्यक्तिगत फाइदा लिन र कसैको जीवन नै समाप्त पार्न हात धोएर नलागेस ! भन्नका लागि साथै ‘नेपालका पहुँच नभएका/नहुने जातजाति, समुदाय, भाषाभाषी, संघसंस्थाहरु, व्यक्तिहरुका विरुद्घ कुनै पनि अनलाइन न्युज पोर्टल, साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो, टीभी च्यानल आदि दुरुप्रयोग नहोेस् भन्नका लागि पनि नेपाल पत्रकार महासंघको २६ महाधिवेशनले चुनिएका नयाँ कार्य समितिका कामरेडहरुले हरेक अनलाइन न्युज पोर्टलहरुले आप्mनो अनलाइनमा प्रकाशित समाचार, फिचर र लेखको लेखक/प्रस्तोताको समाचार, लेख वा फिचरसँगै उसको फोटा, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था नगरेमा वा गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्युज पोर्टलहरुले जानाजान गर्ने बदमासीलाई निप्टारा लगाउन नसकिने देखिन्छ भने राज्य, मिडिया, समाजाकि सञ्जाल आदिमा पहुँच नभएका वा नहुने नेपालका भुईँतहका जातजाति, समुदाय, भाषाभाषी, वर्ग, समूह आदिलाई ‘नियत बाँगिएरै !’ खुलेका नेपालका केही अनलाइन न्युज पोर्टलहरुले उनीहरुको सास रहेसम्म लखेटी रहने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार