दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

काठमाडौं : सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ।

आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।

सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

त्यस्तै सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ।

कोभिडको प्रभाव परेका अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार