इलामकी खिनु लङ्वासहित प्रदेश १ का १० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी

  नयाँ बुलन्द
1.8k Shares

विराटनगर : विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुन भन्दै १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आज एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।

एमालेबाट अलग भएर गठन भएको पार्टी समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार