व्यावसायिक गाई पालनसँगै ठेकी निर्माणमा लुईंटेल

रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ३ मार्से सिम्लेका किसान गुणराज लुइँटेल यतिबेला परम्परागत ठेकी बनाउन व्यस्त छन् ।

स्थानीय बारीमा पाइने खमारी र दारको ठेकीलगायत विभिन्न काठको सामग्री निर्माण गर्ने गरेको उनले बताए । उनले झापा शनिचरे, पथरी र इलाम मंगलबारेका जम्मा ३ जना कामदार राखेर सो व्यवसाय सञ्चालन गर्दै आएको छन् ।

काठका ठेकी, हर्पे, बटुका जस्ता सामान निर्माण गरी सबै खर्च कटाएर करिब १ लाख आम्दानी हुने पनि उनको भनाइ छ ।

झापा बिर्तामोड लगेर बिक्री गर्ने र धेरै जसो मानिसहरूले अर्डर गर्ने भएकाले घरबाटै खरिद गर्ने गरेको छ । उनी गाई पालन व्यवसाय र खेतीपाती पनि गर्दै आएका छन् । उन्नत जातका जर्सी गाईपालन गरेर दूध बिक्री गर्ने गरेको छ ।

यसपटक करिब सुख्खा १० मन अलैंची फलाउन सफल भएका कृषक लुइँटेलले नयाँ व्यवसायको रूपमा परम्परागत काठको समान निर्माण गरी स्वरोजगार समेत प्रदान गरेको छ । सो व्यवसायमा कामदारलाई १५ हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार