‘अन्तिम संभोग’ (कथा)

  प्रेमकृष्ण श्रेष्ठ
497 Shares

विदेशबाट फर्केर आएको जम्मा चार महिना मात्र भएको थियो । पेम्बाको मोवाइल एक अनजान नम्बरबाट टिनिनी बज्यो । पेम्बाले फोन उठाएर कानमा जोड्न नपाउँदै उताबाट ‘हेलो, पेम्बा के छ’को प्रश्न सोधियो । पेम्बाले पहिला कस्को स्वर हो भनेर पहिल्याउनै सकेन । ऊ विदेशमा आठ वर्ष बसेर आएको थियो यसैले पनि उस्को नेपालमा धेरैसँग सम्पर्क टुटिसकेको थियो । उस्ले दुईचार जनावाहेक अ?लाई आफ्नो मोबाइल नम्बर पनि दिएको थिएन ।

पेम्बाले सोध्यो, ‘को बोल्नु भएको ?’

‘म आरती । तिम्री पूर्व प्रेमिका ।’ उताबाट जवाफ आयो ।

‘किन फोन गरेकी ?’ पेम्बाले रिस देखायो ।

‘तिम्रो रिस अझै गएको छैन है आठ वर्षपछि पनि । तिमी लामा बनेर गुम्बामा जाँदैछौ रे, त्यसैले लामा बनेर जानुअघि सारै भेटने इच्छा भयो ।’
‘म गुम्बामा जानुसँग तिम्रो भेटको के अर्थ रहयो ? एक वर्ष पनि कुर्न सकेनौ है, सिउँदो भर्न कति हतारो ।’

‘पेम्बा, यो सिउँदो रहरले होइन, करले रंगियो । म तिमीसँग एकपटक भेटन चाहान्छु । मेरो सारा पीडा तिमी छेउ पोखेर हल्का हुन् चाहान्छु । तिमी गुम्बाबाट भागेर मेरो जिन्दगीमा किन आयौ र मेरो जिन्दगी छोएर फेरि किन गुम्बा जाँदैछौ ? म निसासिरहेकी छु पेम्बा ।’ यति भन्दै आरती ?न थाली । एकक्षणमा फोन काटियो ।

आरतीको ?वाइले पेम्बाको मनमा धेरै कुरा खेल्न थाल्यो । सोच्दासोच्दा सारै माया पनि लाग्यो । जे होस्, धोका दिए पनि जीवनको कुनै बसन्तमा माया गरेकी प्रेमिका हुन् । मुटुको अनजान कुनामा फेरि माया टुसायो । सोच्दा सोच्दै सारै माया लागेर आयो । जति मन कठोर बनाए पनि मनको एक कुनो पग्लिन थाल्यो ।

अनजानमै उस्को औंला मोवाइलको किबोर्डमा टेकिन पुग्यो । डायल भए पछि आरतीले फोन उठाई । पेम्बाले सोध्यो, ‘भन, कहिले भेटने, कहाँ भेटने ?न?नु अव ।’

‘एक बाचा दिएमा मात्र ?ँदिन । पहिला भन्, पुरा गर्छु ।’

‘सके, पुरा गर्छु । अँ, भन् ।’

उताबाट जवाफ आयो, ‘नगरकोटको ग्रिनलाइट होटेलमा, रातको नौ बजे ।’

रातको कुरा आउनेवितिकै पेम्बालाई भाउन्न भयो । पेम्बाले सोचेको पनि थिएन कि आरतीले आज आठ वर्षपछि आएर यस्तो प्रस्ताव गर्ली भनेर । किनभने आरती एक विवाहित नारी हुन् । उसले आफ्नै रहरमा विवाह गरेकी थिई । पेम्बाको मनमा नानाथँरिको शंका उपशंका आउन थाल्यो । विदेशमा रहँदा उस्को लागि रातको छुट्टै महत्व थियो तर आज पेम्बालाई रातको खासै महत्व छैन ।

पेम्बाले आफ्नो बोलीमा रिस कुल्चँदै बोल्यो,‘तिमी पतिले सुसज्जित एक नारी हौ । तिम्रो पतिको लागि तिम्रो एक रात पनि धेरै महत्वपूर्ण छ । पेम्बाले सकेसम्म क्रोधलाई दबाई, सुस्केरा हाल्दै बोल्यो ।

‘मेरो पतिको लागि मैले तिमी बिनाको बाइस सय रात सुम्पेकी छु । तिम्रो लागि अव उस्ले एक रात त्याग्नुपर्छ । पेम्बा, तिमी बाचाले हारिसकेको छौ । र, तिमी जस्तो बुद्धत्वको खोजीमा हिँडेको मान्छे बाचाले हार्दैन पनि ।’ फोन काटियो ।

मन दोमन भयो । अव भने मनमा आँधिबेरी नै चल्न थाल्यो । जीवनको हरेक भौतिक सुख त्यागेर लामा बन्ने घोषणा गरेको पेम्बासामु त्यो अप्रत्यकाशित प्रस्तावले ठूलै तगारो आयो । मनमा सन्त्रस्त खुल्दुलीले शिर उठायो, थाहाँ छैन एक स्त्रीसँगको रातले के माग्छ मसित ? ममा संभोगको इच्छा पटक्कै छैन अव । मैले सयौं बेश्यासँग बिताएको रातह? जिन्दगीमा बिर्सिसकेको छु । दुईथोपा आँसुले दुईथोपा आँसु नै मागे, मिसाइदिउँला तर आँसुले मेरो भौतिक शरीर माग्यो भने ? पेम्बाले लामो खुइयय सुस्केरा हाल्यो । मनले ठहर गर्यो, जे होस, बाचाले हारेँ अव मैले बाचा निभाउनैपर्छ ।

भनेजस्तो आरती नगरकोटको ग्रिनलाइट होटेलमा निर्धारित समयमै आइ । आफै कार हाँकेर आई । पेम्बा भने टयाक्सीमा पुगेको थियो । विदेशमा रहँदा धनाढय पु?षसँग विवाह भएको भनेर पाएको खवर सत्य नै सावित भयो । शरीरको कुनै पनि अङ्गमा दरिद्रता झल्किरहेको थिएन । पेम्बालाई तत्क्षणै लाग्यो, यही शरीरमा टाँसिरहेको भौतिक सुखको लागि एक वर्ष कुर्न आरतीलाई गाह्रो भयो । सबै सुख पाएर पनि यो असन्तुष्टि किन ? यो रातको भिख किन ? पेम्वाको मनमा नाँनाभाँतिका कुरा खेल्न थाल्यो ।

आरतीले भनी, ‘आऊ माथि ?ममा रेष्ट गरौँ । मैले ?म बुक गरिसकेकी छु । तिमीसित धेरै सुख दुखको कुरा गर्नु छ । आठ वर्षपछिको यो रात हामी दुबैका लागि विशेष हुनुपर्छ ।’ यति भन्दै पेम्बाको हात च्याप समाती र ?मतिर डोरयाई ।

?ममा पुगेर पेम्बाले आँखा चिम्म गर्यो । अनि विस्तारै आँखा खोल्दै सोध्यो, ‘तिमी पति भएकी एक पत्नी हौ । तिमीलाई रातको समयमा अपवित्रनजर दिनु पनि व्यभिचार हुन्छ । अव भन मोक्षतिर जानै लागेको पाइलालाई यता किन डोरयायौ ? मेरो मन्जिल, गुम्बा हो, बेश्यालय होइन । तिम्रो आँसुको बिश्रान्तिको लागि मात्र म यहाँ आएको । अव भेट भयो, आँसु थाम, सदाको लागि ।’

पेम्बाको कुराले आरती हिक्क हिक्क रोई । आरती रोएकीले असहय भएर पेम्बाले आरतीको आँसु आफ्नो सुकोमल हालले पुछिदियो ।

आँसु टिपेर आफ्नो घरमा फिर्ता हुनै लागेका औलाह?लाई बाटैमा टिपी आरतीले पेम्बाका औंलाह? चुम्न थाली र चुम्दाचुम्दै असु्रमिश्रित स्वरले बोली, ‘यी आँसु पुछेर सुक्नेवाला छैन । आँसुको जरा नै उखेल्नुपर्छ ।’

‘कहाँ छ त आँसुको जरा ?पेम्बाले क्लान्त स्वरले सोध्यो । ’

आरतीले पेम्बाको हात तानेर आफ्नो छातीमा टाँसेर बोली, ‘यहीँ छ आँसुको जरा । मेरो स्तनमा छ । मातृत्व सुकेको यो छातीमा छ । मेरो यो छाती दुधको आँसु ?न चाहान्छ । मेरो पतिबाट यो सम्भव छैन । मेरो गलाभरि तिमीले हिरा देख्यौ तर छातीभरिको पीडा देखेनौ । मैले यो सिउँदो रंगाएर हिरै हिरा पाएँ, तर एक थोपा पनि मातृत्व पाइनँ । लामा बन्नुअगाडिको पहिलो आशिष तिम्रो पूर्व प्रेमिकालाई दिएर जाऊ, पेम्बा । मलाई बिज्ञानले दया गरी दिएको होइन पेम्बा, प्रेमले सृजित भएको शिशु चाहिन्छ ।’ यति भन्दै आरती पेम्बाको छातीमा आएर झुली । आरतीलाई त्यो क्षणमा पेम्बाको छातीमा एक स्त्री आवाज ध्वनित भयो– तिम्रो पति अरबपति हो । तिमीलाई धनको कुनै दुख हुनेछैन तर सन्तान सुख भने तिमीले पाउने छैनौ ।

फेरि त्यही छातीबाट आफ्नै स्वर ध्वनित भयो —केही फरक पर्दैन । अहिलेको समय नै धन हो । धनले सवथोक किन्न पाइन्छ ।

आरतीले आफ्नो छातीमा अडेस लिएकीले पेम्बाको मोक्षमन एक बाँझी स्त्रीको आँसुह? तप्किएर गिलो भयो । पेम्बाले धर्ती आकासको आँसुमा लहलहराउनुको रहस्य बुझयो । प्रेमको महत्व बुझ्यो । स्त्रीको आँसुको शक्तिलाई नमन गर्यो । मनमा सारै क?णा जागृत भयो । पेम्बाले बुद्धत्वको खोजीमा भित्रैबाट त्यागिसकेको एक कामासक्त पु?ष फेरि उदाएर आयो । जुन पु?षले विदेशमा धेरै बेश्यालाई चिथोरिसकेको थियो । धेरै अस्मितालाई च्यातिसकेको थियो । आठ वर्षअघि आरतीसँग बिताएको रातको सम्झना आयो । आरतीलाई बिछयौनामा ओछयायो, र बन्द आँखामा भगवान् बुद्धको प्रतिमा स्थापित गर्दै बोल्यो–माफ गर भगवान्, यो मेरो जीवनको अन्तिम संभोग हो ।

भोलि बिहान भयो । आरतीको अनुहारमा सन्तुष्टिको गहिरो आभा थियो । ऊ निदाइरहेकी थिई । पेम्वाले आरतीलाई उठाउन चाहेन् । केही बोलेन । आरतीसँग पेम्बा तनले पनि छुटयो र मनले पनि ।

त्यसको एक साता पछि पेम्बाले सोचेको जस्तो सारा भौतिक सुखलाई तिलाञ्जली दिएर एक गुम्वामा प्रवेश गर्यो, लामा बनेर । आरती पेम्बासँगको मीठो रातको सम्झना लिएर गृहस्थ जीवनमा प्रवेश गरी । त्यसपछि उनीह?को जीवनका बर्षो बर्षसम्म पनि सम्पर्क भएन् । पेम्बा आफ्नो दैनिकीमा ब्यस्त रहयो भने आरती आफ्नै दैनिकीमा अल्झिरही । एक नवलामाले दिएको बरदानस्व?प होला, आरती गर्भवती भई । आरतीले एक पुत्रीलाई जन्म दिई । आरतीको जीवनमा आएको नवबहारले उस्को जीवनका हरियाली रंगाइदियो । आरतीको पति पनि यस नवबरदानबाट खुसी नै भयो । आरतीको जीवनमा आएको नवबहारलाई प्रश्न गर्नुको सट्टामा समाजको नजरमा आफ्नो नपुुसंकता मेटिएकोमा खुसी नै भयो । पतिले आरतीलाई कहिले पनि सोधेन, यो शिशु कस्को हो ? दुनियाँको नजरमा नपुसंकताको दाग मेटिएकोले आफ्नो काँधको आकास त्यही शिशुको लागि ओछयाइदियो । सन्तान सुख पाए पछि अव आरतीलाई हीराले बिझाउन छोडयो । सुनह? आफ्नो धर्म निभाउँदै पहेँलिए । आरती आफ्नो जीवनमा यसरी नै रमाउन थाली ।

सन्तान भएको पनि सात बर्ष भइसकेको थियो । एक दिन आरती आफ्नी पुत्रीसित बौद्धको गुम्बामा दर्शनको लागि गएकी थिई । उस्ले एक लामा हातमा माला चलाउँदै आइरहेको देख्यो । उस्को नजरले धोका खाएन, त्यो लामा अ? कोही नभएर पेम्बा नै थियो ।

पेम्बाले उस्को नजिकमा आएर सोध्यो, ‘के छ आरती, तिम्रो खवर ?’

आरतीले पेम्बालाई मूकदर्शक भएर हेरी । उस्को आँखाको एक अज्ञात कुनाबाट आँसुको थोपा चिप्लिएर पृथ्वीमा झर्यो ।

आरती बोली, ‘तिमीले दिएको रंगले मेरो जिन्दगी रंगियो, पेम्बा । म तिम्रो यो गुण कहिले बिर्सने छैन । तिमीले दिएको आशिष त्यही हो ।’ आरतीले पर गुम्बामा खेल्दै गरेकी आफ्नी छोरीतिर इशारा गर्दै बोली ।

थप बोली, ‘तिम्रो लागि केही होइन त्यो रात, तर मेरो लागि सवथोक हो । मेरो पतिको लागि सवथोक हो ।’

‘मैले सबथोक बिर्सिसकेँ । मलाई मेरो विगत पूर्वजुनि जस्तो लाग्छ । यो गुम्बामा यस्तो कुरा नगर्दा राम्रो होला । गुम्बामा रातको होइन, दिनको कुरा गर आरती ।’ पेम्बाले बुद्धको प्रतिमातिर हेर्दै बोल्यो ।

आरतीकी छोरी नजिक आई । आरतीले परिचय गराउँदै बोली, ‘यी मेरो कलेजको साथी पेम्बा हुन् । नमस्ते गर नानु ।’

छोरीले नमस्ते गरी । आरती थप बोली, ‘मैले यिनको नाम पेशिति राखेकी छु । तिम्रो पे सु?मा, मेरो ति अन्तिममा र बीचमा मेरो श्रीमान शिखरको नामबाट । तिमी पनि केही बोल, पेम्बा । थाहाँ छैन, आठ वर्षमा एक एक पटक संयोगले हुने भेट, हाम्रो जीवनमा फेरि छ कि छैन ।’

आरतीले पेम्बालाई गौर गरेर प्रेममय नजरले हेरी । पेम्बाले केही नबोली आँखा बन्द गर्यो, त्यसपछि पेम्बाले आँखा खोल्दै खोलेन् । मात्र औंलामा मालाले फन्को लगाइरहयो । आरतीलाई लाग्यो, पेम्बा ध्यानमग्न भयो । अव आरतीले त्यहाँ रहनुको औचित्य देखेन । आरतीले पेम्बाको बन्द आँखामै आफ्नो बाटो तताई । गुम्बाको ढोकैमा पुग्दा पेम्बाको जवाफ पाएजस्तो लाग्यो । वायु ध्वनित भयो, ‘तिमी मेरो पहिलो प्रेम हौ र अन्तिम पनि । तिमी मेरो पहिलो संभोग हौ र अन्तिम पनि ।’ उस्ले पेम्बाले फेरि फर्केर प्रेमिल नजरले हेरी । ऊ आँखा चिम्लेर मौन नै थियो र उस्को अधर पनि कम्पित थिएन । मालाह? अझै औंलामा नाँििचरहेको थियो ।

उस्ले आफूलाई नियाली । आफ्नो गलामा सज्जित हीराको हार हेरी, औँलामा सज्जित हीराको औंठीमा नजर दिई । दायाँ हातले गलाको हिराको हार छामी । अनि बाँया हातले आफ्नी छोरीको कपाल सुम्सुम्याई । अनि आफैसित प्रश्न गरी, मैले गरिव भनेर जीवनको बाटोमा छोडेको पेम्बाको बरदान ठूलो कि आज मेरो अरबपति पतिको बरदान ? छोरीलाई छातीमा बेसरी च्याप्न थाली । छोरीको अँगालोमा उस्को हीराको हार छोपिँदै थियो । ऊ बौद्धको ब्यस्त फुतपाथमा सबै शरीरको किमती–किमती हार छोप्दै आमाको सृंगारमा सिँंगारिँदै थिई । र मनमनै भनी, यो संसारमा मातृत्व भन्दा ठूलो गहना अ? छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार