आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ

  नयाँ बुलन्द
245 Shares

लमजुङ : आफ्नै छात्रालाई बलात्कार आरोप लागेका दुई शिक्षक मध्ये एक जना पक्राउ परेका छन् । अर्का फरार छन् । लमजुङको राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविका शिक्षकद्वय प्रकाश थापा र अर्जुन विक्रम थापा विरुद्ध छात्रालाई बलात्कार गरेको उजुरी परेको हो ।

शिक्षकद्वयका विरुद्ध १४ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि विक्रम थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने प्रकाश थापा फरार रहेकोले उनको खोजी भइरहेको लमजुङका प्रहरी प्रमुख कृष्णबहादुर कार्कीले बताएका छन् ।

घट्ना गत पुस–माघ महिनामा भएको पीडित बालिकाले गत बैशाखमा आफ्ना साथीहरूलाई भनेकी थिइन् । लगत्तै पिडित बालिकाको परिवारले प्रहरीलाई खवर गरेको थियो । आरोपित शिक्षक प्रकाश थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर पनि राजनीतिक दबाबमा उनलाई केही घण्टामै प्रहरीले बिनासर्त रिहा गरिदिएको थियो ।

प्रहरीले शिक्षक प्रकाश थापालाई ‘ती बालिकाले मैले साथीहरुलाई ख्याल ठट्टामा मजाक मात्र गरेको’ भन्ने बेहोराको बयान गरेको भन्दै अनुसन्धान बिना रिहा गरको थियो । घरमा आफ्नी आमा नभएकी र सौतेनी आमासंग बसेकी बालिकाले ‘काठमाडौमा पढ्ने रहरमा उनले आफू मार्थी यौन शोषण भएको बताएकी थिइन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  ‘महामारीमा मिडिया’ सार्वजनिक

उक्त घटना गम्भीर भन्दै त्यस विषयमा पर्याप्त अनुसन्धान नगरी आरोपितलाई प्रहरीले छोडेको भन्दै मिलेमतोको आशंका गर्दै केही स्थानीय तथा विद्यालयका अभिभावकहरुले त्यस समयमा विरोध गरे । सोही काण्डको विरुद्धमा अभिभावहरूले गत जेठ २० गते विद्यालय परिसरमा आरोपित शिक्षक विरुद्ध नारावाजी गर्दै निष्पक्ष छानबिन र कडा कारवाही गर्न माग सहित धर्ना समेत दिएका थिए ।

अहिले पीडित बालिका आफै उपस्थित भएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । पीडित बालिकालाई विभिन्न लोभ र डर देखाएर यसअघि बयान फेर्ने लगाएको बालिकाको परिवारको एक सदस्यले बताएका छन् ।

उक्त घट्नाका सम्बन्धमा ‘न्याय मर्न नदिने’ प्रतिवद्धता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक निरीक्षक कृष्णबहादुर कार्कीले व्यक्त गरेका छन् । उनले भने ‘अनुसन्धानमा भएको विषयमा धेरै नबोलु तपाईहरू ढुक्क हुनुस् न्याय मर्दैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार