बसको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

झापा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका- ५ स्थित चुलाचुली मोडमा आज शुक्रवार दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्युभएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ उर्लाबारी नगरपालिका ६ का ५० वर्षीय हेमसागर थापाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार विपरीत दिशाबाट आउदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालक मोरङ, उर्लाबारी ७ का सपतलाल धिमाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार