इलाममा कोरोना जाेखिम निरन्तर बढ्दाे

  नयाँ बुलन्द
630 Shares


इलाम । इलाममा आइतबार कोरोना संक्रमणबाट चार जनाको मृत्यू भएको छ भने ७३ जना संक्रमित भएका छन् । मृत्यू हुनेमा इलाम नगरपालिका वडा नं. ६ की एक महिला, देउमाई नगरपालिका वडा नं. ४ का एक पुरुष, सूर्योदय नगरपालिका वडा नं. ८ का एक पुरुष र सोही नगरपालिका वडा नं. ११ की एक महिलाको मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिए । योसँगै इलाममा मृत्यू हुनेको संख्या ९५ जना पुगेको छ ।

यसरीनै इलाम नगरपालिकामा ३१ जना, सूर्योदय नगरपालिकामा ३३ जना, फाकफोकथुम गाउँपालिकामा ४ जना, देउमाई नगरपालिकामा २ जना र चुलाचुली गाउँपालिकामा २ जना र रोङ गाउँपालिकामा १ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाममा संक्रमितको संख्या चार हजार तीन सय ५० जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार