माओवादी केन्द्रद्वारा इलाममा संगठन निर्माण

  नयाँ बुलन्द
1.1k Shares

इलाम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामले वडाहरुमा संगठन निर्माण गरेको छ । इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा स्थानिय तहका ८१ वटा वडामा १० दिने संगठन निर्माण, गठन एवं पुर्नगठन अभियान चलाएको थियो ।

कोभिड-१९ को महामारी एवं संकटका कारण साउन २१ देखि ३० भर्चअल माध्यम बाट अभियान संचालन गरिएको थियो । ८१ वडा मध्ये ६७ मा वडा संगठन निर्माण गरिसकेको र १४ मा तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्र इलामले बताएको छ ।

इलाम नगरपालिकामा १२ वडा मध्ये संगठन निर्माण ११ मा गरिएको र अब एउटा वाडामा वाँकि रहेको नगर अध्यक्ष प्रभाव शर्माले जानकारी गराएका छन् । वडा  नम्बर१ मा अध्यक्ष हेम प्रसाद राइ र सचिव गोविन्द कटुवाल, वडा  नम्बर२ मा अध्यक्ष प्रेम तामाङ र सचिव भोलानाथ पोख्रेल, वडा  नम्बर ४ मा अध्यक्ष जय कुमार सोङमि र सचिव कुमार सोङमि, वडा  नम्बर ५ मा अध्यक्ष पुन्य बहादुर भट्टराई र सचिव डिल्लि खत्री वडा  नम्बर ६ मा अध्यक्ष नारायण प्रसाद चापागाईं र सचिव पदम लिम्बु, वडा  नम्बर ७ मा अध्यक्ष नारदमणि साङपाङ र सचिव रन्जिता याख्खा जिमि, वडा  नम्बर ८ मा अध्यक्ष अमर गड्ताैला र सचिव दिपल राई वडा  नम्बर ९ मा अध्यक्ष जगत नेम्बाङ र सचिव रुद्र शर्मा वडा  नम्बर १० मा अध्यक्ष मेघनाथ न्यौपाने र सचिव चन्द्रपुलामि मगर, वडा  नम्बर ११ मा अध्यक्ष नविन फागो र सचिव जिवन घिसिङ, वडा  नम्बर १२ मा अध्यक्ष अर्जुन फेजोङ(लिम्बु) र सचिव होमनाथ रिजाल रहेका छ्न् ।

सुर्योदय नगरपालिकामा १४ वडा मध्ये संगठन निर्माण १० गरिएको र ४ मा तयारी हुदै गरेको नगर अध्यक्ष सदिप तामाङले जानकारी गराएका छ्न् । वडा  नम्बर १ मा अध्यक्ष मणिकुमार बज्राचार्य र सचिव महेश मोदि, वडा  नम्बर २ मा संयोजक इन्दिरा घिमिरे, वडा  नम्बर ३ मा संयोजक गायत्री सापकोटा, वडा  नम्बर ४ मा अध्यक्ष रेवति रिजाल र सचिव पुर्णबहादुर घले, वडा  नम्बर ५ मा अध्यक्ष बेलकुमार खड्का र सचिव विरबहादुर गिरि, वडा  नम्बर ६ मा अध्यक्ष ठाकुर गड्ताैला र सचिव सुवास ढकाल, वडा  नम्बर ७ मा संयोजक विष्णु भट्टराई, वडा  नम्बर ८ मा संयोजक खेम सापकोटा, वडा  नम्बर ९ मा अध्यक्ष तारा दुलाल र सचिव टंक बुढाथोकी, वडा  नम्बर १० मा अध्यक्ष विष्णुप्रसाद मैनाली र सचिव सुजन तिम्सिना, वडा  नम्बर११मा अध्यक्ष धनराज राइ र सचिव सावित्रा राइ, वडा  नम्बर १२ मा अध्यक्ष गोविन राइ र सचिव गंगा प्रधान, वडा  नम्बर १३ मा अध्यक्ष होमनाथ अधिकारी र सचिव दिपक तामाङ, वडा नम्बर १४ मा अध्यक्ष पदम तामाङ र सचिव चन्द्र मिश्र रहेका छ्न् ।

माइ नगरपालिकामा १० वटा वडामा नै संगठन गठन एवं पुर्नगठन सम्पन्न गरिएको नगर अध्यक्ष धनकुमार लिम्बुले जानकारी गराएका छ्न् । वडा  नम्बर १ मा अध्यक्ष उदय राइ (भिम) र सचिव राजेन्द्र राइ (राजन), वडा  नम्बर २ मा अध्यक्ष नवराज राइ र सचिव यज्ञप्रसाद बास्तोला, वडा  नम्बर ३ मा अध्यक्ष दिलबहादुर पापो र सचिव जंगबहादुर बस्नेत, वडा  नम्बर ४ मा अध्यक्ष लक्ष्मण आले र सचिव देविप्रसाद ढकाल, वडा  नम्बर ५ मा अध्यक्ष दिपेन्द्र दास राई र कमल गन्द्रमा, वडा  नम्बर ६ मा अध्यक्ष बलबहादुर योङहाङ र सचिवमा बिरबहादुर लिङदेन, वडा  नम्बर ७ अध्यक्ष होमबहादुर वान्तावा राइ र सचिव केशर इदिङ्गो, वडा  नम्बर ८ मा अध्यक्ष मदन लोक्ताम र सचिव सुवास राइ, वडा  नम्बर ९ मा अध्यक्ष डम्बर बुढाथोकी र सचिव राजु लोक्ताम, वडा  नम्बर १० मा अध्यक्ष ठाकुर प्रसाद खाति सचिव भिम कठेत रहेका छन् ।

देउमाइ नगरपालिकामा ९ वटा वडा मध्ये संगठन निर्माण गरिएको र १ वडामा तयारी गरिएको नगर कमिटी अध्यक्ष अशोक प्रदानले जानकारी गराएका छ्न् । बडा  नम्बर २ मा अध्यक्ष होम दुलाल र सचिव आशिष मगर, वडा  नम्बर ३ मा अध्यक्ष पदम पोख्रेल र सचीव बुद्दिमान राई, वडा  नम्बर ४ मा अध्यक्ष गंगा राई र सचिव कृष्ण दर्जी, वडा  नम्बर ५ मा अध्यक्ष राम कार्की र सचिव चन्द्रावती थापा, वडा  नम्बर ६ अध्यक्ष भिम रावत र सचिव प्रबिण सुवेदी, वडा  नम्बर ७ माअध्यक्ष राम बान्तवा र सचिव बुद्दिमान राई, वडा  नम्बर८ माअध्यक्ष भोजराज मगर र सचिव सन्जिब राई, वडा  नम्बर ९ मा अध्यक्ष घनश्याम आचार्य र सचीव इन्द्र मिझार रहेका छन् ।

फाकफोकथुम गाउँपालिकामा ७ वटा वाडा सवैमा संगठन निर्माण गरिएको गाउँ कमिटी सचिव प्रकाश राइले जानकारी गराएका छ्न् । वडा नं.१ मा अध्यक्ष भोज बहादुर बोहोरा र सचिव हेमकर्ण निरौला, वडा नं.२ मा अध्यक्ष शरद तिम्सिना र सचिव नरेश तामाङ, वडा नं.३ मा अध्यक्ष पदम चाम्लिङ र सचिव मन बहादुर लुंगेलि, वडा नम्बर ४ मा अध्यक्ष चन्द बहादुर राना र सचिव चन्द्र दंगालि, वडा नम्बर मा अध्यक्ष विष्णु दर्लामि र सचिव राम कृष्ण घिमिरे, वडा नम्बर ६ मा अध्यक्ष माधव पौडेल र सचिव केदारनाथ खनाल साथै वडा नम्बर ७ मा अध्यक्ष जगत लिम्बु र सचिव दिवन राइ रहेका छन् ।

माङ्सेबुङ गाउँपालिकामा ६ वडा मध्ये संगठन निर्माण ४ वटा वडामा गरिएको र २ वटामा तयारी गरिन्दै गरेको गाउँ कमिटी अध्यक्ष लक्ष्मण राइ (जनम) ले जानकारी गराएका छ्न् । वडा नम्बर १ मा अध्यक्ष नर बहादुर आङ्देम्बे र सचिव प्रकाश बुढाथोकी, वडा नम्बर २ मा अध्यक्ष पृथिमान जबेगु र सचिव राज कुमार राई, वडा  नम्बर ३ मा अध्यक्ष सुरेश राई र सचिब राज कुमार राई(धर्ती), वडा  नम्बर ५ मा अध्यक्ष सन्त बहादुर राई र सचिव सन्तोष लावती रहेका छन् ।

चुलाचुली गाउँपालिकामा ६ वडा मध्ये ५ वटामा संगठन निर्माण गरिएको र एउटामा अब तत्काल गर्ने चुलाचुलीका नेता उद्दव न्यौपानेले जानकारी गराएका छ्न् । वडा नम्बर १ मा अध्यक्ष पृथ्वी राइ र सचिव विष्णु सिटाैला, वडा  नम्बर २ मा वडा नम्बर ३ मा अध्यक्ष बासु गुरागाई र सचिब विक्रम राइ, मा वडा  नम्बर४अध्यक्ष खगेन्द्र पौडेल र सचिव भट्टराई, वडा  नम्बर ५ मा अध्यक्ष पृथ्वीमान राइ र सचिव बलमाया लावति साथै वडा  नम्बर६ मा अध्यक्ष दिपक श्रेष्ठ र सचिव गणेश आचार्य रहेका छन् ।

रोङ गाउँपालिकामा ६ वटा वडा मध्ये ५ वटामा संगठन निर्माण गरिएको र एउटामा तयारी हुदै गरेको गाउँ कमिटी अध्यक्ष देउकुमार राइले बताएका छ्न् । वाडा पार्टीहरुमा वडा नम्बर १ मा अध्यक्ष प्रकाश खाति र सचिव सुवास राइ, वडा नम्बर २ मा अध्यक्ष पुर्ण गजमेर र सचिव पेम्बा तामाङ, वडा नम्बर ३ मा अध्यक्ष भत्त खवास र सचिव कमल अर्याल, वडा  नम्बर ४ मा संयोजक बसन्ति राई, वडा नम्बर ५ मा अध्यक्ष जिवन भट्टराई र सचिव विर बहादुर गुरुङ साथै वडा नम्बर ६ मा अध्यक्ष सरस्वती वि.क. र सचिव अर्जुन राई रहेका छ्न् ।

माइजोगमाइ गाउँपालिकामा सबै वाडामा संघठन निर्माण भएको जिल्ला कार्यालय सदस्य विजय राइले जानकारी गराएका छ्न् । वडा नम्बर १ मा अध्यक्ष शालिग्राम पौडेल सचिव मुकेश महरा, वडा नम्बर २ मा अध्यक्ष दुर्गाबहादुर महत सचिव हस्त बहादुर राइ, वडा नम्बर.३ मा अध्यक्ष प्रेम तामाङ सचिव राम काफ्ले, वडा नम्बर ४ मा अध्यक्ष मान बहादुर लिम्बु र सचिव विपिन भट्टराई, वडा नम्बर ५ मा अध्यक्ष हस्त बहादुर लिम्बु र सचिव राजन लिम्बु, वडा नम्बर ६ मा अध्यक्ष भिम थेबे र सचिव यादव वि.क. रहेका छन् ।

सन्दकपुर गाउँपालिकामा ५ वटा मध्ये संगठन १ वडामा गरिएको र अन्य ४ वडामा तयारी गर्दै गरेको गाउँ कमिटी सचिव जिवन शिवाले जानकारि गराएका छ्न् । संगठन निर्माण ३ नम्बर वडामा अध्यक्ष कमल प्रसाद दुलाल र सचिव सिपी गड्तौला रहेका छन् ।

माओवादीले हरेक वडामा २९ सदस्यीय संगठन निर्माण गरेको थियो । देशभरि ६७४३ वडामा तत्कालीन नेकपा विभाजन भएर माओवादी र एमाले छुट्टाछुट्टै भएपछि माओवादिले एक साथ संगठन सुदृढीकरण गरेको माओवादी इलामका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार