पर्यटकको पर्खाइमा कोसेली बजार

  प्रकाश नेपाल
63 Shares

पर्यटक कु¥दै इलामको कोसेली बजार

इलाम : इलाम र पाँचथरको सिमावर्ती राँके बजार अहिले पर्यटकको पर्खाइमा रहेको छ । कोसेली बजारका रूपमा स्थापित हुँदै गएको राँके कोरोनाका कारण यातायत ठप्प हुदा सुनसान मात्र देखिएको छैन मेची राजमार्गको सडक पेटीमा राखिएको राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु, र टुक्रा पारेर नाङ्लोमा फिँजाइएका छुर्पीको दृश्यले पर्यटक बोलाइरहेको भान गराउदछ । राँके बजारमा कृषिउपजको मात्रै कारोबार हुन्छ । यस बजारलाई कृषिउपजले धानेको छ । तर अहिले कोरोनाका कारण लामो समयसम्म भएको बन्दाबन्दिले यहाँको ब्यापार ब्याबसायमा कमी आएको छ । बाह्रय जिल्लाबाट आउने पर्यटकले धानेको यहाको ब्यबसाय पर्यटकहरु नआउदा ठप्प देखिन्छ । लामबद्ध मिलाएर राखिएका बट्टाहरूमा रातै अकबरे खुर्सानी छन् । डल्ला पारेर लहरै राखिएको नौनी घ्यूका पोका अनि दालको पोका, यस्तै ललिपपको हार र अर्गानिक चियाको पोका प्रत्येक पसलमा भेटिनु यो बजारको पहिचान हो तर अहिले मानिसको चहलपहल नहुँदा सुनसान रहेको स्थानियको भनाई छ ।

बन्दाबन्दी अघिसम्म ग्राहकले गाडीबाटै मागे थपक्क दिन ठिक्क पारिएको कोसेलीको पाकेट पसलेको हातहातमै देखिन्थ्यो । तर अहिले यहाँको दृश्य फरक छ । मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेर फर्कने यात्रुले कोसेलीका रूपमा बजारमा राखिएको कृषिउपज खरिद गर्ने भएकाले राँके कोसेली बजारका रूपमा चिनिँदै आएको छ । राँके बजारका अधिकांश पसलमा कृषिउपजकै मात्र कारोबार हुन्छ । यहाँ बिक्री गरिने नौनी घ्यू र अकबरेले निकै चर्चा कमाएको पनि छ । धरैले यहाँ कोसेली बेचेरै जिवनयापन पनि गरेका छन् । बन्दाबन्दि अधि सम्म कुनै एक पसलेले दैनिक ५ हजार बडिको बिक्रि गर्नेगरेको भएपनि अहिले त्यो अवस्था नरहेको स्थानिय ब्यापारी पार्बता अधिकारीले बताइन । अधिकारी अहिले त दिनभर बस्यो मुस्किलले ५ सयको बिक्रिहुने गरेको दुखेसो गछिंन । यस्ले गर्दा घरखर्च टार्नै समस्या भएको उनको भनाई छ ।

यात्रुको बाक्लो चाप हुने यो बजारमा दैनिक लाखौं रूपैयाँको कृषिउपजको कारोबार हुने गरेको थियो । फागुन महिनादेखि जेठ महिनासम्म अनि कात्तिक र मंसिर महिनामा राम्रो व्यापार हुने गरेकोमा यो पटक ब्यापारिले बन्दाबन्दिको मार खेप्नु पर्यो । इलामको एकतप्पा, आमचोकदेखि पाँचथरका पौवा सार्तापलगायतका गाउँका किसानका लागि राँके मुख्य बजार हो । ताप्लेजुङको पाथीभरा, पौवाभञ्ज्याङ, साधुटारलगायतका पर्यटकीय क्षेत्रमा घुम्न आएका सिक्किम दार्जि्लिङदेखि काठमाडौं, पोखरा, विराटनगरलगायतका स्थानका पर्यटकले फर्किएर जाँदा धेरै जसोले राँकेबाट अकबरे, घिउ, छुर्पी, ललिपपलगायतका परिकार कोसेलीका रूपमा लिएर फर्किने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार