तेह्रथुम समाज यु.के.द्धारा तेह्रथुमका आगोलागी पिडितलाई आर्थिक सहयोग ।

तेह्रथुम समाज यु.के.ले तेह्रथुमका आगोलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । यु.के.मा बसोबास गर्दै आएका

  टीआर सेनेहाङ  89 पटक हेरिएको

तेह्रथुम , जेठ

तेह्रथुम समाज यु.के.ले तेह्रथुमका आगोलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । यु.के.मा बसोबास गर्दै आएका तेह्रथुमेहरुको सामाजिक संस्था तेह्रथुम समाज यु.के.ले फेदाप गाउँपालिका—१ सिम्ले स्थित बयरबुङ्कका ६ परिवार र छथर गाउँपालिका—३ पञ्चकन्याका १ परिवार गरि ७ परिवारलाई आर्थिक सहयोग गरेको हो । गतसालको चैतमा आगोलागीमा परि घरबार गुमाएका पिडित परिवारलाई घर निर्माणका लागी समाजले प्रतिपरिवार ५२ हजार १ सय २७ का दरले रकम प्रदान गरेको हो ।

समाज द्धारा यु.के.मा संकलित रकम तेह्रथुमको क्रियासिल सामाजिक संस्था देउराली सोसाईटीको अगुवाईमा जेठ २५ मा अग्नीपिडित परिवारलाई हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा फेदाप गाउँपालिका उपाध्यक्ष गिता थापा, वडाध्यक्ष मनवहादुर श्रेष्ठ, वडासदस्य योगेन्द्र कुरुम्बाङ, समाजसेवी तारा मादेन, देउरालि सोसाइटिका अध्यक्ष मोहन भण्डारि र निर्देशक कपिलदेव सिंघक लगायतको उपस्थिती रहेको थियो। सहयोगी सस्थाप्रती आभार प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार