तेह्रथुमको आठराई गाउँपालिकामा प्रभावकारी वन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम ।


तेह्रथुम/जेेेठ

बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ तेह्रथुमको आठराई गाउँपालिकामा प्रभावकारी देखिन थालेको छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएका युवा युवतीहरु औजार बोकेर निर्माणका काममा खटिँदा गाउँ गाउँमा विकासको जागरण फैलिएको छ ।

आठराईमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्राप्त जनशक्तिलाई स्थानीय बाटो निर्माण, धार्मिक पर्यटकीय स्थलको सरसफाइ लगायतका काममा परिचालन गरिएको छ ।

नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवा रोजगारीका लागि सोही गाउँपालिकामा ५१ लाख ७० हजार र कामका लागि पारिश्रमिक ७८ लाख ५९ हजार गरि जम्मा १ करोड ३० लाख २९ हजार रुपैया प्रदान गरेको छ ।

यस गाउँपालिकाका सातै वडामा २ सय ५२ जनाले प्रतिदिन ५ सय १७ का दरले १ सय दिन को रोजगारी पाएका छन् । १ जना श्रमिकले १ सय दिन रोजगारी गर्दा ५१ हजार ७ सय रुपैया पाउने कार्यक्रम संयोजक कृष्ण चम्लागाईले बताउनुभयो ।

गाउँपालिकाले रोजगार कार्यक्रम अन्तर्गत संचालन हुने आयोजनाहरुका लागि ३८ लाख रुपैया साझेदारी गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर लिम्वुले रोजगार कार्यक्रमलाई प्रभावकारी रुपामा संचालन गर्ने हो भन्ने मानिसले काम पनि पाउने र मानिसको जिविको पार्जन हुने बताउनुभयो । राज्यको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अध्यक्ष लिम्वुले रोजगारी पाउनेमा आधाभन्दा बढी महिला भएको बताउनुभयो ।

रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा १४ वटा योजनाहरु संचालन भएका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र घिमिरेले बताउनुभयो । यो कार्यक्रमलाई प्रभावकारी वनाउन पालिका अध्यक्ष मान वहादर लिम्वु, उपाध्यक्ष रुपा कन्दङवा र रोजगार कार्यक्रम संयोजक कृष्णप्रसाद चम्लागाई र आफुले योजनाको नियमित र प्रभावकारी अनुगमन गर्ने गरेको पनि अधिकृत घिमिरेको भनाई रहेको छ ।

पहेँलो हेल्मेट र ज्याकेट लगाएर तातोघाम र झरी नभनी काममा खटिएका पुरुष तथा महिला कामदारलाई सर्वसाधारणले समेत गाउँगाउँमा स्वागत र सम्मान गर्न थालेका छन् ।सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेको छ भने कतै रोजगारी नपाएकाहरुले वडा कार्यालय मार्फत आ–आफ्नो नगर तथा गाउँपालिकामा बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् ।

निरक्षर देखि स्नात तह उत्तीर्ण गरेका व्यक्तिहरु समेत प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरिरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि आठराई गाउँपालिका भित्रका कच्ची सडक र पर्यटकीय तथा सार्वजनिक स्थलमा रहेको झाडी–फोहर सरसफाइ भएकाले चिटिक्क देखिन थालेका स्थानीय वासीले बताउनु थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार