
इलाम : माई नगरपालिका इलामका विभिन्न वडाहरुमा राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामबाट संकलन टोली जाने भएसँगै परिचय पत्र वितरणको काम शुरु हुने भएको हो ।
माई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु कुमार थेगुवाका अनुसार २०७८ बैशाख २० गते माई वडा नम्बर १ मा ४ स्टेशनबाट सेवा दिने गरि, वडा नम्बर ३ मा ३ स्टेशनवाट , वडा नम्बर ४ मा ३ स्टेशनवाट, वडा नम्बर ५ मा ४ स्टेशनवाट, वडा नम्बर ८ मा ३ स्टेशनवाट र वडा नम्बर १० मा ३ स्टेशनबाट सेवा प्रदान गरिने भएको छ ।
त्यस्तै बैशाख २१ गते वडा नम्बर २, ६ र ७ मा ३-३ स्टेशनबाट सेबा प्रदान गरिने छ। वडा नम्वर-९ मा भने बैशाख-२१ पछी मात्र टोली निर्धारण गरिने जनाइएको छ । नगर भित्रका सबै नागरिकता प्राप्त नागरिकहरूलाई परिचयपत्र बितरणका लागि संकलन टोलीले बैशाख २१ र २२ गतेबाट सेवा प्रदान गरिने भएको हो ।


















































