५ दिने उद्घोषण र ३ दिने अचार बनाउने तालिम सकियो

फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ बौद्धधाममा ५ दिने उद्घोषण तालिम र ३ दिने अचार बनाउने स्थानीय कच्चा बस्तुको प्रसोधन तालिम सकिएको छ ।

सूर्योदय नगरपालिकाको महिला लक्षित कार्यक्रम अनुसार वडा नम्बर ३ को कार्यलयको सहयोग तथा वडा स्तरीय महिला उत्थान समितिको आयोजनामा गत फागुन ११ गतेदेखि संचालित उद्घोषण तालिम र १२ गतेदेखि संचालित अचार बनाउने तालिम एक साथ सम्पन्न भएको हो ।

तालिममा वडा नम्बर ३ का सबै टोल विकास संस्थाका महिलाहरुको सहभागिता रहेको थियो । सकेसम्म सबै टोल विकास सस्ंथाका महिलाहरुको सहभागिता होस भन्ने उदेश्यका साथ दुबै तालिम सञ्चालन गरीएको महिला उत्थान समितिका सचिव सारिका प्रधानले जानकारी दिइन् ।

महिला उत्थान समितिका अध्यक्ष निर्मला प्रधानको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष एवम् भौतिक पुर्वधार विकास समितिका संयोजक होमबहादुर कार्कीको प्रमुख आतिथ्यता कार्यपालिका सदस्य डालिमाया भण्डारीको विशेष आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा तालिममै उत्पादीत अचार समेत बितरण गरिएको छ ।

उद्घोषण तालिमको रेडियो फिक्कलका स्टेशन म्यानेजर एवम् रेडियो नेपालका इलाम समाचारदाता राजकुमार दहाल अभिलाषीले र अचार बनाउने तालिमको महिला उद्यमी उषादेवी निरौलाले सहजीकरण गरेका थिए ।

तालिम समापन सत्रमा प्रमुख अतिथी वडा अध्यक्ष कार्कीले सूर्योदय नगरपालिका वडा नम्बर ३ मा महिलाहरुको सर्वाङगीण विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा महिला दिदी बहिनीहरुकै रायसुझावमा तालिमको आयोजना गरीएको र दुबै तालिम सफल भएको आफुले आभाष गरेको बताए ।

उनले उद्घोषण तालिममा सहभागीहरुको पहिलो दिनको बोल्ने क्षमता र समापनमा बोल्ने क्षमता शैली आकाश जमिनको फरक भएको आफुले पाएको बताउँदै महिला दिदीबहिनीहरुमा यस्ता तालिमले आत्माविश्वा थप्ने र जिवनमा अगाडी बढन प्रेरित गर्ने बताए ।

साथै आचार बनाउने तालिमबाट पनि महिलाहरुले निक्कै लाभ लिएको र यसलाई अर्थोपार्जनको स्रोत बनाउनु पर्नेमा जोड दिए । कार्यपालिका सदस्य भण्डारीले दुवै तालिम महिलाहरुको हितमा भएकोले तालिमबाट सिकेका कुरालाई मनन गर्दै अगाडी बढन सके जिवन सफल हुने बताए । दुबै तालिम आगामी दिनमा पनि आवश्यक रहेकोले आगामी बर्ष पनि जारी राख्नु पर्नेमा जोड दिए ।

उद्घोषण तालिममा सहभागीहरुको तर्फबाट बोलदै जेनिसा राईले पहिलो दिन २/४ जनाको माझमा पनि बोल्न समस्या हुने गरेकोमा अवको दिनमा जस्तो सुकै ठाउँमा पनि गएर बोल्न कार्यक्रम सञ्चालन गर्न आफुहरु सबै सक्षम भएको बताइन् । यस्ता तालिम आगामी बर्ष पनि राख्नु पर्ने सहभागीहरुको माग छ । अचार बनाउने तालिममा सहभागी रचना प्रधानले तालिममा निक्कै प्रभावकारी सिप सिकेको र सिकेका कुरालाईलाई ब्यवहारमा उर्तान सके आर्थिक लाभ हुने बताइन् ।

उद्घोषण तालिमका प्रशिक्षक दहालले तालिममा जिवन उपयोगी ज्ञान दिदै सहभागीहरुको डर कसरी भगाउने मासमा गएर आफुलाई कसरी प्रस्तुत गर्ने साथै स्टेज कार्यक्रम र रेडियो कार्यक्रमको बेसीक कुरा सिकाउने कोशिष गरेको बताए । उनले तालिम सहजिकरणको वाताबरणको लागि आयोजकलाई धनयवाद दिए ।

अचार तालिमकी प्रशिक्षक निरौलाले छोटो समयमा आधारभूत ज्ञान दिने प्रयास गरेको र तालिम प्रभावकारी भएको बताइन् । कार्यक्रममा उद्घोषणे तालिम अवधिभरीको प्रतिबेदन सरिता तामाङ्ग र अचार बानउने तालिमबाट बिनिता तामाङ्गले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा सदस्य लोकनाथ नेपाल, वडा सचिव नैनकला अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिम सफल बनाउन साथ दिने वडा कार्यलय आयोजक समितिका पदाधीकारी प्रशिक्षक सहभागी सबैमा आयोजक समितिका अध्यक्ष निर्मला प्रधानले धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्ता तालिम जारी राख्नु पर्नेमा जोड दिइन् । मन्जु पोख्रेल घिमिरेले स्वागत मन्तब्य राखेको तालिमको सञ्चालन मनिका गुरुङ्गले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार