अबैध रुपमा काठ कटान गर्दा माङसेबुङ६ जना पक्राउ

  बालकृष्ण बस्नेत
0 Shares

इलाम : अबैध रुपमा सामुुदायिक बनको काठ कटान गर्दा माङसेबुङका ६ जना पक्राउ परेका छन । जिल्लाको माङसेबुङ गाउपालिका वडा नं ३ बाघमारा स्थित धार्मिक सामुदाहिक वनबाट गएराती उनीहरु पक्राउ परेका हुन ।
करिब ९ बजे गस्तिमा रहेकाे प्रहरीले प्रकाउ गरेको हो । प्रहरी चाैकि लामिटारकाे टाेलिले उनिहरुलाई काठ र मेसिन सहित नियन्त्रणमा लिएको लामिटार प्रहरी चाैकिका इन्चार्ज जित बहादुर बिष्टले बताए ।

गाेप्य सुचनाकाे अाधारमा खटिएको प्रहरीको टाेलिले १८ बर्षका भिम कुमार सेर्मा,२० बर्षका प्रेम लिम्बू,५१ का धन प्रसाद लिम्बू,१८ का वसन्त सेर्मा,३० का नरेन्द्र माखिम,३४ का बुद्ध सेर्मालाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै स्थानिय रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार