इलामको कृषि बजारमा बिषादीको प्रयोग सम्बन्धि जनचेतनामुलक होडिङबोर्ड

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको कृषि बजारमा बिषादीको प्रयोग समबन्धी जनचेतनामुलक होडिङबोर्ड रखिएको छ । बिषादीको सुरक्षित प्रयोग र यस्को नकारात्मक असर सम्बन्धि जानकारीमुलक बोर्ड आज एक कार्यक्रमका बिच राखिएको हो ।

बाली स‍रक्षण प्रयोगशाला बिराटनगरको सहयोगमा कृषि ज्ञान केन्द्र इलामले उक्त बोर्ड राखेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए । बर्देवाले भने ,“इलाम नगरपालिकाले निशुल्क जग्गा उपलबध गराएपछी हामीले यहाँ राखेका हौ , यो स्थानमा किसानको बढी उपस्थिती रहने भएकाले पनि यस स्थान उपयुक्त ठानेर रखिएको हो ।”

नगरपालिकाले सन्चालन गरेको कृषि बजारमा राखिएको उक्त होडिङबोर्डमा बिषादीको सुरक्षित प्रयोग र यसले मानब तथा अन्य क्षेत्रमा पार्ने नकारात्मक असरहरु समबन्धी जनचेतनामुलक सन्देश रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार