दाहाल-नेपाल निकट विद्यार्थीहरुद्वारा इलाममा राँके जुलुस

  नयाँ बुलन्द
0 Shares

इलाम : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको पुष्पमकमल दाहाल र माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले सोमबार साँझ इलाममा राँके जुलुस निकालेका छन् ।

सदरमुकामको ठुलो टुढिखेल बाट सुरु भएको जुलुस चोक बजारमा गएर टुंगिएको थियो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्को नाराबाजी गर्दै ओलीको कदम संविधान र लोकतन्त्रविरोधी भएको बताए । राष्ट्रिय युवा संघ  र अनेरास्ववियू इलामको आयोजनामा भएको कार्यक्रममा सयौको सन्ख्यामा युवा बिद्याथीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार