नेकपा विभाजको हलचल प्रदेश सरकारमा, कांग्रेस निर्णायक

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनले प्रदेश सरकारहरूमा पनि हलचल ल्याउने भएको छ । प्रतिनिधिसभा विघटन र नेकपा विभाजनको ठाडो असर प्रदेश सरकारहरूमा पर्ने भएपछि नेकपाका दुवै पक्ष प्रदेशहरूमा आफ्नो पकड बलियो बनाउने कसरतमा लागेका छन् ।

ओली पक्षका मूख्यमन्त्री रहेको प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेश अहिले निशानामा परेका छन् । बागमती र १ नम्बर प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ भने लुम्बिनीमा पनि नेकपाको दाहाल–नेपाल समूह छिट्टै अविश्वास प्रस्ताव लैजाने तयारीमा जुटेको छ ।

यस्तै गण्डकी सरकार विरुद्ध पनि अविश्वास प्रस्ताव लैजाने कसरतमा दाहाल–नेपाल पक्ष लागेको छ । उता, पूर्व माओवादी समूहका मूख्यमन्त्री रहेका कर्णाली र सुदूरपश्चिम सरकार विरुद्ध भने ओली पक्षले अविश्वास प्रस्ताव लैजाने सम्भावना बढेको छ ।

यसरी ६ वटै प्रदेशका सरकारहरू अस्थिरतातर्फ धकेलिएका छन् । अविश्वास प्रस्ताव पारित हुन जति सजिलो छ यी प्रदेशहरुमा त्यसपछि नयाँ सरकार गठन हुन उत्तिकै मुस्किल हुने देखिएको छ । नेकपाका कुनै पनि समूहको एकल बहुमत कुनै पनि प्रदेशमा छैन ।

विपक्षी कांग्रेसको साथ नलिइ नयाँ सरकार गठन गर्ने अवस्था देखिँदैन । प्रदेश सरकारहरूले संसदमा विश्वासको मत गुमाउने तर नयाँ सरकार गठन हुन नसक्ने अवस्था आइलाग्ने त होइन भन्ने आशंका पनि बढ्दैछ । दुवै पक्षको भर विपक्षी कांग्रेसमाथि भएकाले कांग्रेसले कस्तो भूमिका खेल्छ भन्ने प्रतिक्षाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार