श्रीअन्तुमा झुल्के घामहेर्ने पर्यटकको ओइरो

भीडभाडका कारण कोभिडको प्रकोप बढ्ने खतरा

अन्तुमा झुल्के घाम हेर्न पर्यटकको ओइरो

इलाम  :

रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा

झुल्के घाम हेर्न कान्छी जाऊ अन्तु डाँडैमा 

हो यो गीतले भने जस्तै झुल्के घाम हेर्न श्रीअन्तुमा यतिबेला पर्यटकको ओइरो नै लाग्ने गरेको छ । कोरोना कहरका कारण लामो समयको लकडाउन र इलामको मौसम साथ खुलेसँगै जिल्लामा पर्यटकको आगमनमा बृद्धि भएको छ । झरी पछि खुलेको आकाससँगै अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेपछि अन्तुमा पर्यटकको भीड लाग्ने गर्दछ । प्रमुख पर्यटकिय स्थानका रुपमा परिचित इलामको श्रीअन्तुमा हाल आन्तरिक पर्यटकहरुको आउने क्रममा बृद्धि भएसंगै पर्यटकले स्वास्थ सुरक्षाको मापढण्ड नअपाउदा कोरोना संक्रमणको जोखिम समेत बढेको छ । श्रीअन्तुलाई सुर्योदयको दृश्य अवलोकनका लागि देशकै आकर्षक केन्द्र मानिएकोले देशमा भएको लकडाउन र मौसम  एक साथ खुले सँगै सो स्थानबाट झुल्केघाम हेर्ने पर्यटकहरु अन्तु भित्रिने गरेका हुन् ।

दैनिक सयौंको संख्यामा पर्यटक आगमन बढेसँगै सात महिना देखि कोरोना कहरका कारण ठप्प बनेको व्यापार व्यावसाय बिस्तारै सुरुभएको स्थानिय व्यवसायी दिपेन पुलामी बताए । पुलामी भन्छन, “लामो समय देखिको बन्द भएको पर्यटन  व्यवसाय भरखरै जुरमुराउदै छ । दैनिक ८ सय भन्दा बडि पर्यटनहरु आउछन । कारोनाका काराण यहाँ आउने सबेलाई माक्स र सेनीटाइजर र भौतिक दुरी कायम गर्न भन्ने गरेको भएपनि कतिले भने त्यस्को कार्यान्यन खासै गरेको देखिदैन ।”

अन्तु पुग्नुको मज्जा सूर्याेदय दृश्यावलोकन मात्रै छैन । अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका हुन । यहाँबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, सिजनअनुसार फलफूल तथा अन्य बालीले पनि आनन्द दिने गर्दछ । अन्तुबाट नेपालका भुभाग मात्र होइन भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका बजार वरिपरिझैं देख्न सकिन्छ । पछिललो समय अन्तु पुग्ने पर्यटक त्यस्मा पनि युगल जोडिहरु थुम्का–थुम्कामा लह लह भएका चियाबारी घुम्ने , चियामै रमाउने र चियाका बोटमा सयौं सेल्फी खिच्नेको भिड नै हुने गरेको छ । क्षणिक मौसम परिवर्तन हुने इलाममा गर्मी महिनामा समेत हुस्सु र कुहिरो लाग्छ । मौसम सँगै रमाएर आँखा भरि चियाको दृश्य कैद गर्दै सम्झनाको लागि फोटो खिच्न सकिन्छ ।

तर यता अहिले भीडभाड र असुरक्षित व्यवस्थापनका कारण अन्तुमा पर्यटकसँगै कोभिडको प्रकोप बढ्ने खतरा देखिएको स्यम पर्यटकहरुले बताएका छन् । बिहान घाम हेर्न जानेको मुखमा माक्स र सामाजिक दूरीको खासै कार्यान्यन नहुदा भाइरस संक्रमण उच्च देखिएकोले उच्च सावधानी अपनाउनुपर्ने अन्तु पुगेका पर्यटको भनाइ छ ।

अन्तुमा पर्यटकका लागि बास बस्न घर–घरमा होमस्टे रहेका छन् ।  ग्रामीण पर्यटनको अभ्यास गरिरहेको अन्तुका बासिन्दा एक दशकभन्दा बढीदेखि स्वदेशी र विदेशी पर्यटक भित्र्याउन कस्सिएर लागेका छन् । समुन्द्र सतह देखि करिब २ हजार मिटरको उचाइमा रहेको अन्तुलाई स्थानीयको सकृयतामा सरकारको उचित सहयोग र प्राकृतिक स्रोत साधनको सम्मुचित उपयोगले थप आकर्षण देखाउन जुटेको खण्डमा स्थानीयले आगामी दिनमा समेत अझ सफलता प्राप्त गर्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार