इलामका पर्यटकीय क्षेत्रहरु भरिभराउ

 कोरोना कहरकै बीच इलामका पर्यटकीय क्षेत्रहरु भरिभराउ

इलाम : हिउँदको सिजन सुरु भएसँगै आकाश खुलेको मौकामा इलामका बिभिन्न पर्यटकिय क्षेत्रमा पर्यकहरुको आवागमन बडेको छ । लामो समयको लडडाउन खुलेर यातायत संचालनमा आएपछि जिल्लाको सदरमुकाम इलाम बजार सहित सुर्योदय नगरपालिकाको कन्याम,श्रीअन्तु सन्दकपुर गाँउपालिकाको सन्दकपुर डाँडा,माइपोखरी माईजोगमाईको थुम्केरानी, मेग्मा, तुम्लिङ देउमाइ नगरपालिकाको पानिटार र अन्य बिभिन्न ठाउँहरुको दृश्यावलोकन गर्न पर्यटकहरु आउने क्रम सुरु भएको हो ।

पछिल्लो समय जिल्लाको माइजोगमाई गाउँपालिका ६ प्याङको थुम्केरानीमा सुर्योदयको  दृश्यावलोकन गर्न आउने आन्तरीक पर्यटकहरूको भिड नै लाग्ने गरेको पाइन्छ ।

सदरमुकाम इलाम बजारबाट सुर्योदय हेर्नको लागि सबै भन्दा नजिक थुम्केरानी भएकोले पनि पर्यटनकहरुको पहिलो रोजाई थुम्केरानी बनेको हो । इलाम बजारदेखि सोयाङ हुँदै नँयाबजारसम्म गाडीबाट १ घन्टामा पुग्न सकिन्छ । नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा थुम्केरानी पुग्न सकिन्छ ।

कात्तिकदेखि मंसिर महिनासम्म आकाश खुलिएको समयमा बिहानी पख देखिने हुँदा सुर्योदय हेर्न पर्यटकहरु थुम्केरानी पुग्ने गरेका छन् । समुद्री सतहको २४ सय मिटर उचाईमा रहेको थुम्केरानी अन्य ठाउँ भन्दा राम्रो र लामो समय सुयोदयको दृश्य देख्न सकिनेदेखि आसपासमा रहेको घना हरियो जंगल, खुल्ला हरियो चौर र हिमश्रृङ्खला हेर्न सकिने हुँदा पछिल्लो समय एकाएक चर्चामा आएको हो ।

झण्डीडाँडा संरक्षण गरिँदै

जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले रम्भ्याङस्थित झण्डीडाँडा पर्यटकीय क्षेत्रको रुपमा बिकास हुदै गएको छ । धजेडाँडा र गाजलेडाँडाले पनि प्रख्यात झण्डीडाँडाबाट सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, कन्याम चियाबगान, पाथिभरा मन्दिर, झापाका समथर भूभाग, भारतका धेरै प्रान्त र भुटानका केही भागको दृश्यालोकन गर्न सकिन्छ । उक्त स्थलको स्थानीय बासिन्दा र स्थानीय क्लबले संरक्षणको लागि पहलहुदै आएको छ । हाल संघीय, प्रदेश र स्थानीय सरकारबाट यसको प्रवर्द्धन र विकासका लागि बजेट विनियोजन भएको वडा नम्बर ६ का वडाध्यक्ष एवम् रोङ गाउँपालिकाका प्रवक्ता मनिकुमार स्याङ्वो सुवासले बताए।

त्यसैगरी सो ठाउँमा होमस्टे निर्माण तथा व्यवस्थापन गर्ने, पदमार्ग निर्माण, दृश्यालोकनका लागि भ्यु टावर, विभिन्न धर्मावलम्बीको मुर्तिको व्यवस्थापन, राष्ट्रिय तथा विश्व साइकलिन यात्रीको गन्तव्य निर्माण गर्ने, स्थानीय स्तरको कृषिका विभिन्न परिकार उत्पादन र तालिमको व्यवस्था गर्ने र उत्पादित वस्तु बिक्री गरी आर्थिक विकास गर्ने तथा तीनै तहबाट यसको प्रवर्द्धन तथा विकासका पहल गर्ने र मुख्य योजना बनाई विकास निर्माणमा लागि पर्ने पनि वडाध्यक्षले जानकारी दिए ।

झण्डी पर्यटन क्षेत्र पुर्वाधारका लागि संघीय पर्यटन मन्त्रालयबाट १५ लाख रकम विनियोजन समेत भइसकेको र यसका लागि बुद्धको मुर्ति निर्माण गर्ने प्रस्ताव अघि बढिरहेको स्थानीय सरोकारवाला अशोक वान्तवाले जानकारी दिए ।

कन्याम र अन्तुमा पर्यटकको घुइँचो

मौषम खुलेपछि इलामका प्रमुख पर्यटकीय स्थलहरु कन्याम र अन्तुमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ । लामो समयको लडडाउन खुलेर यातायत संचालनमा आएपछि कन्याम र अन्तुमा पर्यटकको चहलपहल शुरु भएको हो । यातायत संचालनमा आए पछि पर्यटक आउन थालेपछि पर्यटकीय गन्तब्यहरु आफै चलायमान हुन थालेका हुन । कन्याम र अन्तुमा अहिले कोरोनाको त्रासकै बिच पनि पर्यटक आउने क्रम बढेको छ । कन्याममा बिगत केही दिन देखि घोडचढी समेत शुरु चएको छ । लामो समय बन्दाबन्दीमा परेका जिल्ला भित्रकै र छिमेकी जिल्ला झापाबाट बढी पर्यटक यी क्षेत्रमा आईरहेका छन ।

कन्यामका होटल ब्यवसायी टेकराज गिरीले सुरक्षा अपनाएर आएका पर्यटकलाई सेवा दिन थालिएको जानकारी दिए । उनका अनुसार अहिले कन्याममा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै शुरु भएको छ । पर्यटक आउन थालेपछि होटलहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पनि अपनाउन थालीएको छ । गिरीले भने थलिएको पर्यटन आन्तरिक पर्यटकले जुर्मुराउन थालेको छ । कन्याममा चिया बगान, हिमाली दृश्यमा रमाउन , घोडचढी गर्न र बिभिन्न जातजातीको भेषभुषमा सजिएर तस्विर लिन पर्यटक आउने गरेका छन् ।

होम स्टेमा पर्यटक

यस्तै अन्तुमा रहेको होम स्टेमा पर्यटककको केहि दिन अघिबाट खचाखच हुन थालेका छन । अन्तुका होमस्टेमा पर्यटकलाई सेवा दिदै सुरक्षा सर्तकता अपनाउने गरिएको अन्तुका होमस्टे ब्यवसायी रुद्र घिमिरेले जानकारी दिए । उनका अनुासर एकै स्थानमा भिडभाड नर्गन अन्तुका होमस्टे, कटेज , होटलमा पर्यटकलाई बाढेर राख्ने गरिएको छ । अन्तुमा पर्यटक बढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मापदण्ड अपनाउन ब्यवसायी र पर्यटकलाई आग्रह गरेको छ । ब्यवसायी घिमिरेले भने पर्यटक बाढ्दा केहि कोठा खाली राखिन्छ र अर्को दिन नयाँ कोठामा मात्र पर्यटक राख्ने गरेका छौ ।’ घिमिरेले कटेजहरु अलगअलग भएका कारण र पर्यटकलाई किचनमा प्रवेश नदिईने गरिएका कारण खासै समस्या नभएको बताए ।

प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम , अन्तुमा बाह्ै महिना पर्यटकको भिड लाग्ने गरेको थियो । कोरोना संक्रमण पछिको बन्दाबन्दीका कारण यस क्षेत्रका होटल ब्यवसायीले ठूलो आर्थिक क्षती बेर्होनु परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार