इलाम : वर्षकै सबैभन्दा ठूला चाड दशैंतिहारमा समेत कपडाको ब्यापार सोचे जस्तो नचल्दा कपडा प्यापारीहरु निरास भएका छन् । दसैं सकिएको भएपनि तिहार सुरु हुने बेलामा समेत भने जस्तो व्यापार नचलेकोले ब्यापारीहरु निरास बनेका हुन् ।
किसानहरुले आफुले उत्पादन गरेको अन्नबाली, गाई, भैंसी, खुखुरा, बाख्रा, सुँगुर आदि बेचेर जोहो गरेको रकम दसैंतिहारमा मात्र खर्च गर्ने भएकोले ब्यापारीहरुले ग्राहकले भने बमोजिमको कपडा, जुत्ताहरु झिकाउने गर्छ । तर यो वर्ष विश्व महामारी कोरोना भाइरस (कोभिड १९) को कारण पैसा अभाव भएकोले पनि यो वर्षको चाडपर्बमा नयाँनयाँ कपडा नकिनेको स्थानीयहरु बताउँछन् । माइजोगमाई नयाँबजारका व्यापारी चेतन अधिकारी विगत वर्षको चाडको तुलनामा यो वर्ष पच्चिस प्रतिसत मात्र ग्राहकले नयाँ कपड़ा लगेको बताउँछन् । ग्राहक आएपनि पैसा अभावले नयाँ कपडा नकिनेको अधिकारी बत्ताउँछन् । त्यस्तै नयाँ बजारका कपडा व्यापारी यसोदा पौडेल पनि यो वर्ष पटक्कै व्यापार नचलेको बताउँछन् । उनको पनि व्यापार नचलेकोले कन्तबिजोक बनाएको छ । अरु दिन नचले पनि दसैंमा चल्छ भनेर धेरै कपड़ा ल्याए अहिले बिक्दैन । ग्राहकसँग पैसा नभएर नै व्यापार नचलेकोले अहिले उनी उधारोमा कपडा बेचिरहेका छन् ।
नयाँबजारका व्यापारी सन्तोष थामी लामो समयदेखि प्याङ पन्चमीमा आइतबारे हटियामा कपडादेखि अन्य सरसमानको प्यापार गर्छन् । वर्सेनि प्याङबाट लाखौं रुपैयाँ नुनाफा कमाउँछन् । तर उनको पनि यो वर्ष पटक्कै व्यापार चलेन । ‘ग्राहक आउँछन् हेर्छन र फर्कन्छन् तर किनेर लाँदैनन्’ उनी भन्छन्, ‘घाटा सहेर दिँदा पनि लादैंनन् ।