कोरोनाबाट नेपालमा मृतु हुनेकाे संख्या २२८

  नयाँ बुलन्द
0 Shares

सातको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

काठमाडौं : कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको कुल संख्या २२८ पुगेको छ ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताउनु भयो ।

पछिल्लो २४ घण्टामा कोरानाका कारणले ज्यान गुमाउनेहरुमा महोत्तरीमा ४ वर्षीय बालिका, गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरषसहित जम्मा सात जना रहेको गौतमले बताउनु भयो ।

प्रवक्ता गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  ३९ हजार ४६० पुगेको उहाँले बताउनु भयो । काठमाडौं उपत्यकामा आज मात्रै थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।  हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् । आजमात्रै ५८८ जना कोरोनामुमक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार