स्वागतार्थ त्रैभासिक बोर्ड भत्काइएकोमो लिम्बूजन्य संस्थाबाट विरोध

पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ ओदेन डाँडामा ‘फेदेन बजारमा हार्दिक स्वागत छ’ भन्ने त्रैभाषिक बोर्ड बिहिबार विहान ढालिएको छ ।

त्रैभासिक वोर्ड ढाल्नु सुनियोजित रुपमा संकीर्ण जातिवादी र साम्प्रदायिक तत्वहरूले याक्थुङ समुदायमाथि प्रहार गरी माङगेन्ना चोःत्लुङ ढाल्नु हो भन्दै पाँचथरस्थित विभिन्न लिम्बूजन्य संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

‘नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुकको यथार्थलाई नेपालको संविधानले स्वीकार गरिसकेको अवस्थामा सबै जात जातिहरूबीचको सामाजिक सहिसुष्णुता, आपसी सदभाव र साँस्कृतिक सहअस्तित्वले नै हामी बीचको एकतालाई बलियो बनाउँछ । र यो नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सौन्दर्य पनि हो । हाम्रो रास्ट्रिय सम्पदाहरू नै हाम्रो चिनारी र गौरवको विषय हुन् । यसको संरक्षण र विकास गर्ने कर्तव्य पनि समुदाय र राज्यको हो । नेपालको संविधान (२०७२) ले आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्ने हक सबैलाई दिएको छ । सबै आदिबासी समुदायले आफ्नो मूर्त तथा अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने सचेत प्रयत्नहरू थालेका छन् । भाषिक, साँस्कृतिक तथा ऐतिहासिक हिसाबले पनि परापूर्वकालदेखि बसोबास गर्दै आएका समुदायको पहिचानसंग सम्बद्व हुन्छन् । आफ्नो ऐतिहासिक मौलिक नामहरू नै कायम गर्नुपर्ने जायज माग गरेर याक्थुङ समुदायले आफ्ना आवाजहरू बुलन्द गरिहेका छन्’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्यले सदभाव र सहअस्तित्वमा दरार सिर्जना हुने र यसले अशान्ति र हिंसाको बाटो लिने र सुनियोजित रुपमा याक्थुङ समुदायमाथि गरिएको यस्तो प्रहारले सकारात्मक परिणाम नदिने पनि लिम्बूजन्य संस्थाहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार