माङसेबुङको सरस्वती माविमा वाली विज्ञान पढाई हुने

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिका ५ स्थित सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखि प्राविधिक शिक्षा अध्ययन सुरु हुने भएको छ । शिक्षा विभागले सरस्वती माविलाई वाली विज्ञानका निम्ति छनौट गरेको हो । शिक्षा विभागले सरस्वती माविसहित प्रदेश १ का १० विद्यालयहरुलाई प्राविधिक धार संचालनका निम्ति छनौंट गरेको छ ।

यसै शैक्षिक शत्रदेखि वाली विज्ञान पठन पाठन गर्ने तयारी रहेको सरस्वती माविका प्राध्यापक हरीप्रसाद आङदेम्बेले बताए । प्राविधिक धार संचालनका निम्ति विद्यालय छनौंट हुनुले माङसेबुङका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा लिने अवसर मिलेको प्रध्यापक आङदेम्बेको भनाई छ । साथै प्राविधिक शिक्षा संचालनका निम्ति सबै पक्षको सहयोग आवश्यक रहेको प्रधानअध्यापक आङदेम्बेले बताउँछन् ।

सरस्वती मावि किरात धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थलमा माङसेबुङमा वि.सं. २०३८ स्थापना भएको हो । सो विद्यालय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको विशेष पहलमा स्थापित भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष केहेरसिं योङहाङ स्मरण गर्छन् ।

साधारण शिक्षातर्फ कक्षा १२ सम्म पठनपाठन भइरहेको सरस्वती माविमा करिब ६ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । कक्षा ११ र १२ मा किरात लिम्बू भाषासमेत पठनपाठन भइरहेको छ । हाल सरस्वती माविमा पान्थर, ताप्लेजुङ, भापा, मोरङ र धनकुटाका समेत विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार