माङसेबुङमा फस्टाउँदै कफी खेती

  बालकृष्ण बस्‍नेत
42 Shares

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिका १ गजुरमुखीका कृषक याम कार्की अचेल कफीको विरुवा स्याहारसुसारमा व्यस्त छन् ।

गत वर्षदेखि एग्रो ईलाम प्रालि दर्ता गरि व्यवसायिक कफीको विरुवा उत्पादन सुरु गरेका कार्कीले ७ लाख बढी आम्दानी गरे । कार्कीले गुल्मीको आँपचौरबाट ल्याएको अरबिका (बोर्बोन) जातको कफिको २८ हजार विरुवा उत्पादन गरेर बिक्री गरेका थिए ।

त्यहाँ उत्पादित विरुवा स्थानीय सहकारी संस्था तथा व्यवसायिक फर्महरुले किनेर लैजाने गरेका छन् । प्रतिगोटा कफीको विरुवा होलसेलमा २५ रुपैयाँ र खुद्रामा ३० रुपैयाँका दरले बिक्री हुने गरेको एग्रो ईलाम प्रालिका प्रोपाइटर कार्की बताउँछन् ।

खेतबारी तथा पाखामा समेत सहजै रूपमा खेती गर्न सकिने भएकाले कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी सुरु गरेको उनको भनाइ छ।

विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको छ ।

नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच, सात किलोसम्म कफी फल्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार