कोरोनाबाट बाँच्‍न माइजोगमाईमा उच्च सतर्कता, दुई स्थानमा बनाइयो क्‍वारेन्टाइन

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ ( कोरोना भाइरस ) बाट बँच्न उच्च सतर्कता अपानाएको छ । यस महामारीबाट बँच्नका लागि सरकारले तोकेको लकडाउनलाई कडाईका साथ लागू गरिरहेको माइजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले नयाँ बुलन्दलाई जानकारी दिए ।

भारतका विभिन्न स्थानबाट गाउँपालिका भित्र प्रवेश गरेका केही व्यतिmहरुलाई खोजी गरी क्वारेन्टाइनमा पठाइएको र कतिपयलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले बताए । माइजोगमाई गाउँपालिका धेरै जसो स्थान भारतसँग सीमा जोडिएकाले त्यस्ता सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको र गाउँपालिकाको टोलीले नियमित अनुगमन समेत गरिरहेको उनको भनाई छ । साथै गाउँपालिका भित्र दुई स्थानमा क्वारेन्टाइन तोकिएको छ ।

गाउँपालिकाको १ नम्बर वडाको नयाँबजारमा रहेको अमरकल्याण माद्यमिक विद्यालय र ४ नम्बर वडा नामसालिङ्गको नेपालज्योति आधारभूत विद्यालयमा १० ̷ १० शैयाको क्वारेन्टाइन निमार्ण गरिएको अध्यक्ष राईले जानकारी दिए । जनशतिm अभावका कारण हाललाई दुई स्थानमा मात्र क्वारेन्टाइन राखिएको उनको भनाई छ ।

हाल सम्म गाउँपालिका भित्र कुनै पनि व्यक्तिमा संक्रमण नदेखिए पनि सतर्कता अपनाउनु पर्नेमा राई जोड दिए । कोरोनाबाट बाच्न समय समयमा साबुनपानीले हात धुने, कसैसँग पनि हात नमिलाउने बरु नमस्कार गर्ने अनावश्यक भिडभाडमा नजाने, कम्तिमा पनि मानिसहरु बीच एक मिटरको दुरी कायम गर्ने, अत्यावश्यक कामबाहेक अरु समयमा बाहिर ननिस्कने, निस्कनै परे माक्सको प्रयोग गर्ने, काम सकेर घर फर्किए पछि अनिवार्य सावुनपानीले हात धुने र कोही त्यस्तो संक्रमणको शंकास्पद मानिस देखिएमा स्थानिय स्वास्थ्य चौकी वा जनप्रतिनिधीहरुलाई जानकारी गराउँन अध्यक्ष राईले गाउँपालिका बासीमा आग्रह समेत गरेका छन् ।

गाउँपालिकामा हाल सम्म कुनै पनि प्रकारका सामाग्रीहरुको अभाव नरहेको र खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सागाग्रीहरुको कालोबजारी हुन नदिन गाउँपालिकाले अनुगमन गरिरहेको अध्यक्ष राईको भनाई छ ।

गाउँपालिका र वडाले प्रदान गरिरहेका सेवा सुविधाहरु प्रायः ठप्प रहेको गाउँपालिकाका सूचना अधिकृत गोकुल संजेलले बताए । गाउँपालिकाले अत्यावश्यक सेवा प्रदान गर्ने भए पनि सेवाग्राहीहरु कार्यालय नआएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार