
चुलाचुली : इलामको चुलाचुली गाउँपालिका ५ का २५ वर्षीय शुक्रराज लिम्बू (नेम्बाङ) ले आफ्नो दुवै मिर्गौला प्रतिरोपण गर्नुपर्ने भएकाले आर्थिक सहयोगको लागि अपिल गर्दै उपचारका लागि संघीय राजधानी काठमाडौं जाँदैछन् ।
२ वर्ष अगाडी दुवै मिर्गौला ड्यामेज भएपछि उपचारको लागि विराटनगर नोवल अस्पतालमा पुगेका थिए । डाक्टरको सल्लाह अनुसार उनले सातामा ५ हजार भन्दा माथिको औषधि खान थाले । त्यो ओषधीले केहि वर्षसम्म ठीक भएको जस्तो महसुस गराएपनि शुक्रले आफ्नो उपचारका लागि भएको १ विगा जग्गामा उपचारको लागि पन्ध्र कट्ठा जग्गा बेचिसकेको पत्तै पाएनन् ।
अहिले केहि मातादेखि पुनः रोग बल्झिएपछि उनी छिन्छिनमै विरामले हुरुकै हुँदै आएका छन् । उनको परिवारमा ९ वर्षअघि विवाह गरेको श्रीमती जुनु लिम्बू र दुई छोरा छन् । एउटा ६ वर्षको छोरा भानु माध्यमिक विधालयमा कक्षा युकेजीमा पढ्दैछन् भने ३ वर्षको छोरा ओछ्यानबाट कतै जान सक्दैन् ।
उनी बालक छँदै उनका बाबुको समेत ३७ वर्षको उमेरमै मिर्गौला रोगले मृत्यु भएको थियो । विरामी शुक्र भन्छन्, ‘वंशाणुगत रोग नै भन्नु की खै के भन्नु १० वर्ष अगाडि मेरो त एउटा भएको बहिनी १६ वर्ष हुँदै मिर्गौला ड्यामेज भएर बित्यो । अहिले म त्यहि रोगले पिडित छु ।’
दैनिकी गुजारा चलाउन घरपेन्टिङको काम गर्दै आएको शुक्र भन्छन्, ‘डाक्टरले पहिल्यै औषधिले काम गर्दैन्, ढिलो भयो छिटो मिर्गौला फेर्नु भनेको थियो । आफूलाई स्वस्थ छु भन्ने लाग्यो, तर यसपटक रोगले निकै च्याप्न थालेको छ ।’
पुरानो घरमा बस्दैं आएका शुक्रले आँगन छेउमै ऋण काढेर भएपनि सानो ३ कोठे पक्की नयाँ घर बनाउँदाबनाउँदै आधा नसकिदैं रोक्नुपरेको छ । २ वर्षसम्म ८ लाख बढि खर्च भइसकेको घर पूरा गर्न समेत पाएनन् ।
आफूलाई पर्दासम्म गाउँमा आफ्नो दाजुभाई कोहि नभएको शुक्र लिम्बू आफ्नो श्रीमती र अशक्त कान्छा छोरा लगेर उपचारको लागि काठमाडौं जादैं छन् । उनले भने, ‘आफ्नो जायजेथा भएको हल राँगो, सुँगुर, कुदाउँदै गरेको मोटरसाइकल बेचेर थोरै खर्च जुटाएको छु, यतिले उपचारको लागि के नै पुग्छ र ? माग्नु पनि कसलाई माग्नु ? दाजुभाई छैन्, यहि मिडियाबाट अपिल गर्छु मलाई सहयोग गर्दिनुहोस् ।’
गाउँमा युवा छैनन्, भएका आफ्नै काममा व्यस्त हुन्छन् । गाउँमा शुक्र लिम्बू नेम्बाङ बचाउ अभियानमा गाउँमा केहि सामाजिक अभियान्तहरुले सहयोग संकल्न गर्दै छन् । अझै ब्यापक रुपमा जानलाई कसले नेतृत्व लिने भन्ने अलमलमा समेत रहेका वडाका सदस्य जनप्रतिनिधि लक्ष्मी न्यौपानेले बताउँछन् । व्यक्ति, संघ, संस्थाले आर्थिक सहयोग गर्ने अपिलको लागि विरामी मोवाइल नम्बर ९८४१३४६४१४ र ९८१६०४२९५८ मा सम्पर्क गरी सहयोग गरिदिन अपिल गरेका छन् ।



















































