रुखबाट लडेर इलामको माङसेबुङमा १ जनाको ज्यान गयो

  नयाँ बुलन्द
7 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर १ नागरुङमा रुखबाट लढेर १ जनाको ज्यान गएको छ ।

शनिबार विहान ११ बजे घर नजिकै रहेको बारीमा घाँस झार्ने क्रममा रुखबाट लडेर ६६ वर्षका धनराज लिम्बूको ज्यान गएको प्रदेश १ प्रहरी कार्यलयका सूचना समन्वय अधिकृत प्रहरी वरिष्ठ अधिकृत शेखर कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार घटनाबारे प्रहरी चौकी गजुरमुखीबाट खटिएको प्रहरीको टोली र इलाका प्रहरी कार्यालय रबी पाँचथरबाट खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरि परिवारलाई जिम्मा लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार