गजल

  सी.एम. ढुङ्गेल
0 Shares

सी.एम. ढुङ्‍गेल

माया प्रेम केही हुँदै हुन्न, मरिहत्ते गर्छौ किन !!
दुबोको त्यो माला उन्न, मरिहत्ते गर्छौ किन !!

एका देशको राजारानी बनौलान हामी पनि ..
मेरै जीवन कथा सुन्न, मरिहत्ते गर्छौ किन !!

उमेर छदै खोजन यार तिमीले चाहे जस्तो ..
अहिलेनै श्रीमान चुन्न, मरिहत्ते गर्छौ किन !!

म भनिराछु मन मुटु दुखाउछ सधै पिरतीले..
त्यै पिरतीकै जाल बुन्न, मरिहत्ते गर्छौ किन !!

जीन्दगी त कठिन हुन्छ सोचे जस्तो हैन यार..
कोक्रो हल्लाई लोरि गुन्न, मरिहत्ते गर्छौ किन !!

बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर (ठुटेबर) झापा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार