शेर्पा संघमा प्रमोद र महिलामा कल्पना

  निमा पोङस्युवा
0 Shares

धरान : नेपाल शेर्पा संघ सुनसरीमा प्रमोद गर्जा शेर्पा अध्यक्षमा सर्वसम्मतिले चयन भएका छन् । धरानमा सम्पन्न भएको छैटौं जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।बिधान अनुसार ६ जना पछि मनोनित गरिने संघले जनाएको छ ।

समितका उपाध्यक्ष ओङ्छी सलका शेर्पा, सचीव तेञ्जिङ गर्जा शेर्पा, सह-सचीव दासाङ गोपर्मा शेर्पा, कोषाध्यक्ष  ङाजुङमा शेर्पा र सहकोषाध्यक्ष फुर्दिकी शेर्पा रहेका छन् ।

सदस्यहरुमा मिडे गर्जा शेर्पा, फुर्दिकी खम्बाचे शेर्पा, फुदोर्ची लामा, पासाङ सुर्वा शेर्पा, नुर्बु पिनासा शेर्पा निम्छिरि गोले शेर्पा, निमा च्यावा शेर्पा, दावा गर्जा शेर्पा, मिङमा हलुण्डा शेर्पा, मञ्जु शुर्वा शेर्पा र पदेन सदस्य गेल्बु च्यावा शेर्पा रहेका छन् ।

त्यस्तै शेर्पा पुमपेजी चिछोग (नेपाल शेर्पा महिला संघ) को तेश्रो जिल्ला  अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले  अध्यक्षमा कल्पना टाक्तोक शेर्पालाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

शेर्पा महिलाको उपाध्यक्ष जिना खम्बाचे शेर्पा, सचिब लाक्पादिकी गर्जा शेर्पा, सहसचिव अनिता शेर्पा, कोषाध्यक्ष मिनिका च्यावा शेर्पा र सदस्यहरु डोल्मा सुर्वा शेर्पा, माया शेर्पा निङमा शेर्पा, पेमलमु शेर्पा, मिङमा खाङ्डु शेर्पा र पदेन सदस्य ङाजुङमा शेर्पा रहेका छन् ।

सम्पुर्ण शेर्पाहरुको चाहाना अधिकार र पहिचान सहितको शेर्पालुङको स्थापना भन्ने नाराका साथ सम्पन्न भएको हो ।

जिल्ला अधिबेशन नेपाल शेर्पा संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. लाक्पा शेर्पाको प्रमुख अतिथ्यमा सम्पन्न भएका थिए । प्रमुख अतिथी शेर्पाले भाषा संस्कृति इतिहासको रक्षाको लागि सामुदायिक एकता र संस्थागत कृयाशिलतामा जोड दिदै राज्य पुनर्संरचना अन्तरगत सामुदायिक कलस्टर मिलाउन पुनः सिमांकन गर्नुपर्ने धारणा राखे । उनले हालको सात प्रदेशको संरचाना परिवर्तन गर्न आवस्यक रहेको भन्दै तत्कालिन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचान सहितको शेर्पालुङ सहितको १० जोड १ को राज्य संरचना निर्माण गरन अत्यावश्यक भएको ठहर गर्दै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

राज्यको चरित्र हाल पनि एकल नश्लकै प्रभुत्व रहेको भन्दै नेपाली समाजको बनोट अनुसार जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक एबं समाबेशी हुनुपर्ने कुरामा जोड दिए । उनले शेर्पा संघको पनि बिधान संशोधन गरि संघ प्रदेश  हुँदै वडा तहसम्म संस्थागत संरचना बिस्तार गरि समुदायलाई संगठैत गर्ने काम भैरहेको जानकारी दिए । साथै शेर्पा संघको छैटौं राष्ट्रिय महाधिवेशन यहि पौष ४ र ५ गते काठमाडौमा हुने भएकाले सबै जिल्लामा संघको अधिबेशन तिब्र गतिमा भैरहेको जानकारी गराए ।

त्यसैगरी शेर्पा महिला संघका तर्फबाट प्रमुख अतिथिको रुपमा प्रथम पर्वतारोही एबं शेर्पा महिला संघका केन्द्रिय अध्यक्ष ङिमी शेर्पा रहेका थिए । प्रमुख अतिथी ङिमी शेर्पाले शेर्पा महिलाहरुलाई एक जुट हुन आग्रह गर्दै अफ्नो चेतना बिस्तार सहित महिला अधिकार प्राप्तिको दिशामा लाग्न आह्वान गरिन ।

अधिबेशनमा विशेष अतिथी नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष रामकुमार राई रहेका थिए भने अतिथिहरुमा महासंघ आवद्ध जातिय संस्थाका प्रतिनिधिहरु रहेका थिए।अधिबेशन नेपाल शेर्पा संघ सुनसरी अध्यक्ष गेल्बु शेर्पा र महिलाको अध्यक्ष ङाजुङ्मा शेर्पाको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार