बिजयपुरमा डोकेनीको प्रतिमा राखिने

धरान : ऐतिहासिक बिजयपुर धरानमा याक्खा समुदायको प्रतिकको रुपमा रहेको डोकेनीको प्रतिमा र पुजा थान चोम पाङ राखिने भएको छ ।

किरात याक्खा छुम्मा धरान नगरसमितिको बुधबार केन्द्रिय कार्यालय धरानमा बसेको बैठकले यस्तो निर्णय गरेको कुरा नगर अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिएको छ।आजको बैठकमा धरान नगर समिति धरान भित्र रहेका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु जिल्लाका पदाधिकारी सदस्यहरुको उपस्तिथि मा यस्तो निर्णय गरिएको हो।

चालू आर्थिक वर्षमा बिजयपुर दरवार क्षेत्रमा तारबेरा लगाउनको लागि भनेर २ करोड ४० लाख बजेट बिनियोजन भएको छ। चार किरातको पहिचान झल्किने केकस्तो संरचना बनाउने निर्णय गरि ल्याउन भनेर पत्राचार भएपछि याक्खा छुम्माले डोकेनिको प्रतिमा राख्ने निर्णय गरिएको हो ।

बिजयपुर दरवार क्षेत्रमा एशियाली बिकास बैंकको ऋण सहयोगमा खानेपानी ट्याङ्की बनाउन त्यहाँको रुख कटान गरेपछि चार किरात सहित पहिचानवादी राजनितिक दलले बिरोध गरेका थिए। धरान नगरपालिका र चार किरातको जिल्ला तहसंग १८ बुँदे सम्झौता गरेपछि त्यस क्षेत्रमा डोजर लगाएका थिए। झडपपछि आन्दोलनकारी घाइते समेत भएका थिए ।

पछिल्लो समयमा त्यस क्षेत्रमा पानीट्यांकी नबनाउने सर्तमा चार किरातसंग सम्झौता भएपछि मात्र उपरोक्त बजेट कार्यान्वयन गर्ने सहमति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार