हेलिकप्टर दुर्घटनामा पाइलटको मृत्यु !

  नयाँ बुलन्द
0 Shares

एजेन्सी : युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिए ।

उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । यसै महिनाको सुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार