फिदिम : पत्रिकामा प्रकाशन भएको समाचार सामग्रीका बिषयमा चित्त नबुझे सोही पत्रिकामा खण्डन छाप्ने सहितका विभिन्न प्रवधान हुँदा हुँदै पाँचथर उद्योग बाँणिज्य संघका अध्यक्ष दिपक नेपाल पत्रकारिता बिरुद्ध गम्भीर आरोप तथा पत्रकारको मानमर्दन गर्ने गरी सामाजिक सञ्जालमा प्रस्तुत भएका छन् ।
शुक्रवार फिदिम टुडे दैनिकमा प्रकाशित ‘स्वार्थ समुहको चंगुलमा स्थानीय सरकार’ शिर्षकको समाचारलाई उदृत गर्दे उनले पत्रिका र पत्रिकका संपादक बिरुद्ध गम्भिर अक्षेप लगाएका छन् ।
उनको स्टाटसमा भनिएको छ–‘बैकल्पिक पेशा होईन अन्तिम पेशा पत्रकारिता भएका एक पत्रकार महाशयले “स्वार्थ समुहको” नाम दिएर फिदिम नगरपालिकाका श्रद्धेय मेयरसाबका सल्लाहकारहरुका बिषयमा बिष ओकलेछन । यीनले बिष ओकलेको अलि धेरै नै भयो । हुन त यीनलाई मेयरका उम्मेद्धार नै मन परेको थिएन, त्यसैले यीनलाई मेयरका सल्लाहकारहरु मन पर्ने कुरो पनि भएन ।
वास्तबमा सल्लाहकारको ब्यथा सल्लाहकार भईसकेका हरुलाई मात्र थाहा हुन्छ । सल्लाहकार नभएको मान्छेलाई सल्लाहकारको भूमिका थाहा हुने कुरो पनि भएन । सल्लाहकारले मागेका बखत सल्लाह दिने हो, सल्लाहकारको भूमिका दुबिधामा राय दिने हो , हस्तक्षेपकारी हुदैन भन्ने न्युनतम ज्ञान चाही आफुलाई मिस्टर अल सम्झिने यी महाशयलाई कम्तिमा थाहा हुन पर्ने हो ।
यीनको जानकारीका लागी म निजी क्षेत्रको प्रतिनिधी मुलक सस्था पाँचथर उधोग बाणिज्य सघको निर्वा्चित अध्यक्ष हो । अर्थशास्त्र र राजनिती शास्त्रमा स्नातक सम्म गरेको छु । यती मिलाउदा मेयर साबको आर्थीक सल्लहकार हुन न्युनतम योग्यता चाही अवश्य पुग्छ । उधोग बाणिज्य सघको अध्यक्ष पालिकाहरुको राजश्व परामर्श समितिको सदस्य हुने नितिगत ब्यवस्थाले पनि नगरपालिका कै आर्थीक सल्लहकार हो भन्दा अतियुक्ती हुँदैन । आफु बिज्ञ होईन भन्ने राम्रो हेक्का पनि छ र नगरपालिकामा अलग्गै बिज्ञ समुह पनि छ भन्ने जानकारी लिन यिनलाई अनुरोध गर्दछु ।’
समाचारमा आएका समग्री भन्दा पनि ब्यक्तिगत हिसावमा होच्याउने शैली प्रश्तुत गरेका छन । अध्यक्ष नेपालको फेसबुक स्टाटसमा थुप्रै प्रतिकृया आएका छन । प्रतिकृया दिँदै नेपाल पत्रकार महासंघका सचिव समेत रहेका पत्रकार तुलसी क्षितिजले बिचार प्रति सहमति रहेको बताएका छन । समाचार सामग्रीमा आएका बिषयमा कुरै नगरी सचिव क्षितिजले सहमती जनाएको देखिन्छ । पत्रकारलाई गाली गरिएको अध्यक्ष नेपालको स्टाटसमा उनले सहमती जनाएका हुन ।
सोही बिषयमा प्रतिकृया दिँदै व्यापारी तथा पाँचथर उद्योग बाँणिज्य संघका पूर्व अध्यक्ष शुबराज थापाले उक्त समाचार लेख्ने पत्रकार नभएर जंगली जनवार भएको बताएका छन । पत्रिकाका सम्पादनकलाई गम्भिर आरोप लगाउदै पत्रकारलाई कार्यक्षेत्रबाट लखेट्ने आसयको शब्द लेख्लै पुर्व अध्यक्ष थापाले लेखेका छन् ‘यो जङली जनवार जस्तो झ्यापुल्ले लाई तह लाउन कि त इटहरि निर्यात गरम कि त द्वारिका बा लाई बोलाउम ।’
प्रतिकृया दिनेहरुले समाचारमा आएका सामग्रीका बिषयमा कुरा गरेका छैनन । तर पत्रकारको मान मर्दन हुने गरी, निरन्तर समाचार संप्रेषण गरी नागरिक सुसुचित गर्ने दैनिकीलाई प्रभाबित पार्ने गरी प्रतिकृया दिएका छन । पत्रकारलाई हतोसाहित गर्ने काम भएको टिप्पणी भएको छ ।

पत्रकारीता माथिको हस्तक्षेप हो
भिमकुमार बाँस्कोटा
अध्यक्ष
नेपाल प्रेस युनियन पाँचथर
चित्त नबुझेका समाचारमा खण्डन छाप्ने ब्यवस्था छ । तर जिम्मेवार पदमा रहेका अग्रजहरुले पत्रकारलाई नै गाली गलौज गर्नु गलत हो । पछिल्लो समय यो क्रम देशभर नै चलिरहेको छ । जुन पाँचथर उद्योग बाँणिज्य संघका अध्यक्ष दिपक नेपालले फेसबुकमा लेखेका छन त्यसमा कमेण्ट गर्नेले इटहरीका मेयरको रिफ्रेन्स राख्नाले पत्रकार प्रतिको उनीहरुको धारण प्रष्टीएको छ । समाचार लेखेकै भरमा पत्रकारमाथी सामाजिक सञ्जाल सहित जहाँ कहीँ हुने आक्रमणलाई नेपाल प्रेस युनियनले सहेर बस्दैन । श्रमजिबि पत्रकारका पक्षमा प्रेस युनियन सदैव अग्र मोर्चामा छ ।

भत्र्सना योग्य कदम
मंगल बेघा
इन्सेक, प्रतिनिधि
पाँचथर उद्योग बाँणिज्य संघका अध्यक्षले जुन हिसावमा पत्रकार बिरुद्ध अभिब्यक्ती दिए त्यो गलत र भत्र्सना योग्य छ । चित्त नबुझेका समाचारका बिषयमा समस्या निरुपण गर्ने निकाय धेरै छन । त्यस मध्ये खण्डन गर्ने पनि एक हो । तर ति बिकल्प हुँदाहुँदै पनि आलिगलौजमा उत्रिनुले राम्रो सन्देश दिँदैन । समग्र पत्रकारीता प्रतिनै नकारात्म टिकाटिप्पणी आएका छन यो राम्रो हैन ।

हैसियत बिर्सिएर बोलियो
लेखनाथ सिकारु
पुर्व अध्यक्ष
नेपाल पत्रकार महाँसंघ पाँचथर
पाँचथर उद्योग बाँणिज्य संघका अध्यक्षले जुन तवरले अभिब्यक्ती दिएका छन त्यो हैसियतका लागि सोभनिय भएन । पत्रकारले लेखेका, बोलेका सामाग्रीमा चित्त नबुझे धेरै प्रकृया छन त्यस बिरुछ आवाज उठाउने । सामाजिक सञ्जालमा त्यसरी उत्रिनु गलत हो । यसमा अरु केही हैन पत्रकार महासंघले बोल्नु परो । एक्सनमा जानु परो ।

स्वीकार्ने अवस्था छैन
शन्देस सुब्बा
अध्यक्ष
संघीय पत्रकार मञ्च, पाँचथर ।
शुक्रवार पत्रकार बिरुद्ध जे भयो त्यो स्वीकान सकिने घटना भएन । समाचार लेखेकै आधारमा ब्यक्ति माथि गरिएको यो ब्यवहार गलत छ । समाचार चित्त नबुझ्दाका अनेक उपाय छन । तीनको उपयोग भएन । यसलाई समन्वय गरेर किनारा लगाउनु बुद्धिमानी हुनेछ ।phidimtoday बाट साभार



















































