राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईलाई इलाममा कालो झण्डा ! (भिडियो सहित)

इलाम : किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईलाई इलाममा कालो झण्डा देखाएका छन् ।

इलाममा सुरु भएको किरात राई यायोक्खा इलामको नवौं जिल्ला अधिवेशनका प्रमुख अतिथी राईले एक समूहले कालो झण्डा देखाएका हुन् ।

पहिचान हुन नसकेका पाँच/सात जनाको समूहले दिवस राईको रानिनामाको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

उनीहरुले ‘दिवस राई मुर्दावाद’, ‘राई यायोक्खाको अध्यक्षबाट राजिनामा दे’, ‘राई विद्यार्थी संघको समस्या समाधान गर’ ‘राजनीतिकरण बन्द गर’ लगायतका नारा लगाएका थिए ।

कार्यक्रमको उद्घाटन लगत्तै ती समूहले दिवस राईविरुद्ध नारावाजी सुरु गरेका थिए ।

आफ्ना केन्द्रीय अध्यक्षलाई कालो झण्डा देखाएको घटनाप्रति किरात राई यायोक्खा इलामले खेद प्रकट गरेको छ । कार्यक्रम संचालक जिल्ला सचिव होम राईले घटनाको भ्रत्सर्ना गरे ।

कालो झण्डा देखाउने समूहको पहिचान हुन सकेको छैन । कालो झण्डा देखाउनसाथ भागेकाले पहिचान हुन नसकेको जनाईएको छ ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार