‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ’ : अध्यक्ष डा. भट्टराई

  नयाँ बुलन्द
7 Shares

विराटनगर : सुधारेको खिचडी प्रकारको संसदीय व्यवस्थाले दिगो शान्ति नल्याउने बताउँदै समाजबादी पार्टी नेपालका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली संघमा बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेशमा प्रत्यक्ष निर्वाचित मूख्य मन्त्री बनाउनु पर्ने बताउँदै उनले प्रनितिधि र प्रदेश सभामा विभिन्न जाति समुदायको पूर्ण समानुपातिक समाबेशी बनाउनुपर्ने बताए । उनले संविधानमा महिला र पुरुष विभेद गरेको जनाए। उनले भने, ‘संविधानले विभेद गरेको छ । नागरिकताको सन्दर्भमा महिला र पुरुष फरक हुन तर असमान हैन । यो विभेद अन्त्य हुनुपर्छ ।’

समाजवादी पार्टीले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारतमा कुनै बेला काँंग्रेस, कम्युनिष्ट ठूलो भएपनि अहिले पत्तासाब भएको बताए । उनले ठूलो शक्ति विलय हुने र सानो शक्ति ठूलो हुने बताए । समाजावदी पार्टी उच्चतम लोकतान्त्रिक पार्टी बनेको दाबी गरेका छन् । संविधान जारी गरे पछि नेपाली जनता सर्वभौम सत्ता सम्पन्न भए पनि नेपालको लोकतन्त्र अझै पूर्ण भइनसकेको बताए ।

उनले ऐतिहासिक थाकथलो आधारमा राज्य बनाउनुपर्नेमा जोड दिए । ‘ऐतिहासिक थाकथलोको आधारमा राज्य बनाउनुपर्छ । दलितहरुको निम्त्ती एउटा गैरभौलिक प्रदेश बनाउनुपर्छ ।’ उनले भने, ‘दिगो विकास र शान्ति बनाउनको लागि १०+१ भएपछि मात्र सही प्रकारका शक्तिको बाँडफाड हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार