चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गरिन्छ : मन्त्री बिष्ट

  राजकुमार दहाल
0 Shares

फिक्कल : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गरीने बताएका छन् ।

इलामका चिया बगानको अवलोकन तथा चिया मजदुर आन्दोलनबारे बुझ्न इलाम आएका मन्त्री बिष्टले कन्याम टि स्टेटमा उद्योगी, मजदुर तथा सूर्योदय नगरपालिकाका प्रतिनिधिसँगको छलफलमा त्यस्तो बताएका हुन् । मन्त्री बिष्टले केहि समस्या भए वार्ता तथा छलफल मार्फत सुधार गर्दै अगाडी बढ्न आवश्यक भएको तथा सरकारले तोकेको श्रम ऐन कार्यन्वयन जुनसुकै हालतमा हुने प्रष्ट पारे ।

उनले उद्योगी, किसान, मजदुर सबैको हितमा काम गर्न तथा चियामा देखिएको समस्या समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताए । नेपालमा पर्याप्त सम्भावना भएपनि खर्बौ रुपैयाँ व्यापार घाटा भोग्नु परिरहेको तीतो यर्थात स्मरण गर्दै उनले चिया मार्फत रोजगारी सृजना नेपाललाई आर्थिक उन्नतीको शिखरमा पुराउन चियाले निक्कै टेवा पुराउने बताए ।

नेपालको चिया क्षेत्रका जायज माग पुरा गर्न सरकार सधै सचेत रहेको प्रष्ट पारे ।चिया उद्योगी र मजदुररबिच देखिएका समस्या टुङगीएको आफूले जानकारी पाएको बताउँदै उनले उद्योगी र मजदुर दुबैलाई धन्यवाद दिए ।

उद्योगीको तर्फबाट राखीएका मागहरु सकेसम्म सम्बोधन गर्ने गरी मन्त्रालय तथा सरकार लागेको प्रष्ट पार्दै उनले अबको १०० वर्षसम्म पनि समस्या नआउने गरी चिया क्षेत्रका समस्या समाधान गर्दै लाने सरकारको सोच रहेको बताए । बगान र उद्योगका समस्याबारे  मन्त्रालयले छुट्टै छलफल गर्ने प्रष्ट पार्दै मन्त्री बिष्टले मन्त्रालय यसबारेमा अध्ययनशील रहेकोले दिगो समस्याको लागि जायज माग पुरा गर्ने प्रष्ट पारे ।

सरकारले रोजगार दाता तथा श्रमिक किसानको तृपक्षीय सहमतिमै श्रम ऐन ल्याएको प्रष्ट पार्दै श्रम ऐन लागु भएर छाड्ने  र यदि कुनै उद्योगीले नगरे कानुनी उपचार खोजीने उनको भनाई थियो । उद्योगीहरुलाई देखिएका समस्या तथा उहाँहरुको मागबारे आफनो मन्त्रालयले गम्भीरताका साथ समस्या समाधान गर्ने प्रष्ट पार्दै यो ऐनको अबज्ञा गर्न नपाउने बताए । मजदुरको सेवा सुविधा बिभिन्न समस्या देखाएर उद्योगीहरुले खोस्न नमिल्ने बोरु भएका समस्याहरु सरकारले छलफल परामर्षका आधारमा समाधान गर्ने बताए ।

विहीबार इलाम आएका मन्त्री बिष्ट शुक्रबार बिहानैदेखि बिभिन्न चियाका कारखाना बगानको अवलोकन तथा छलफल परामर्षमा ब्यस्त रहे । सूर्योदय नगरपालिकाको आयोजनामा फिक्कलमा चिया उद्योगी किसान तथा जनप्रतिनिधिबिच छलफल भएको छ । सूर्योदयनगरपालिकाकी उपप्रमुख दुर्गादेवी भटटराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार मन्त्री बिष्टसँगै प्रदेश सांसद धिरेन्द्र शर्माऽ रामबहादुर मगर, काजीमान कागते, श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दहाल, नेपाल चिया विकास निगमका अध्यक्ष सुवाष साङघाई, सूर्योदय टि एसोसिएसनका अध्यक्ष पुनम वान्तवा लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार