याक्थुङ युवा मञ्‍चले ‘याक्थुङ ज्ञान महोत्सव २०७६’ आयोजना गर्दै

  नयाँ बुलन्द  113 पटक हेरिएको

काठमाडौं : लिम्बू युवाहरूको बीचमा भावनात्मक एकता र पारस्पारिक सद्भाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम राख्दै याक्थुङ युवा मञ्चले ‘याक्थुङ ज्ञान महोत्सव’ गर्ने भएको छ ।

जेठ २४ र २५ का दिन सङ्घीय राजधानी काठमाडौँको सांस्कृतिक संस्थान नाचघरमा सम्पन्न गर्न गइरहेको न्याय, समानता, पहिचान, अस्तित्व रक्षा र युवा हकअधिकारको लागि वकालत गर्न साथै युवाको क्षेत्रबाट आफ्नो समुदायको हितमा हुने हरेक गतिविधि, क्रियाकलापहरूमा सक्रियता र क्रियाशिल भूमिका निर्वाह गर्नको मञ्चले ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ सो कार्यक्रम गर्न लागेको अध्यक्ष भुपेन्द्र खुदाङले जानकारी दिएका छन् ।

महोत्सव किन ?

लिम्बू जातिको जनसङ्ख्या नेपालको जनगणना २०६८ अनुसार ३ लाख ८३ हजार ३ सय रहेको छ, यसलाई आधारमा मान्ने हो भने अहिले करिब ४ लाख भन्दा केही बढि सङ्ख्या रहेको छ । पूर्वी नेपालमा मुख्य थाकथलो रहेको आदिवासी लिम्बूहरू हाल देशको विभिन्न ठाउँहरूमा र विभिन्न देशहरूमा बसोबास गर्दै आएका छन् । मुलभूत रूपमा कृषिमा जीवनयापन गर्ने लिम्बू समाज पछिल्लो समयमा विभिन्न काम, व्यवसाय र रोजगारीसँगै जीउने आधारहरूको संरचनाहरू पनि फरक फरक रहेको छ ।

लिम्बू समाजले आफ्नो मुख्य मार्गदर्शनको रूपमा मुन्धुमलाई मान्ने गर्दछन् र मुन्धुम लिम्बू समुदायको जीवन्त इतिहास रहेको छ । मुन्धुमी व्याख्या जीवन पद्धतिको आधार हो । मुन्धुम व्याख्य हालसम्म पनि मुख्यतय थुथुरे (स्रुति) कथनहरूमा आधारित छ, पछिलो समय केही लेख्य परम्परामा आउन सुरु भएको छ । फेदाङ्मा, येवा, साम्बा, तुतु तुम्म्यहाङहरूले मुन्धुमको मौलिक पक्षहरूलाई आदिमकालबाट उजागर गर्दै निरन्तरता दिँदै आइरहेका छन् । तर पछिल्लो समयमा फेदाङ्मा, येवा, साम्बा, तुतु तुम्म्यहाङहरू जो मुन्धुमको व्याख्या गर्ने पात्रहरूको अभाव हुँदै जाँदा केही मुन्धुमहरू हराइसकेको छ भने केही जोखिममा छ ।

यी मुन्धुम मात्र नभएर लिम्बू समाजले आफ्नो समाज निर्माणको क्रममा धार्मिक, सांस्कृतिक, राजनीतिक रूपमा धेरै कुराहरूसँग भोग्दै, सामना गर्दै अगाडि बढेको छ र यस विषयमा सबै जना जानकार छैनन् । यी विषयमा के कस्तो अवस्था रहयो ? कस्तो अवस्था छ ? र भोलीको कुन दिशातिर उन्मुख छ ? भन्ने पक्षमा समाजमा जानकार बुद्धिजीवि, अगुवाहरू मार्फत सुन्ने, सुनाउने, दतास्वेजिकरण गर्ने र ती विषयहरूलाई युवा पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यको साथ ‘याक्थुङ ज्ञान महोत्सव’ आयोजना गर्न लागिरहेको हो ।

‘याक्थुङ ज्ञान महोत्सव’ विषयवस्तुहरूको प्रस्तुति, वैचारिक बहस, मन्थन, विषयवस्तुप्रति जागरण र बौद्धिक ज्ञानहरू सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो । लिम्बू समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुती, छलफल गरिनेछ । मुन्धुम, सभ्यता, इतिहास माथि पनि छलफल हुनेछ । यस्तै राष्ट्रिय विषयहरूमा सरोकार रहने राजनीतिक, आर्थिक, सामाजिक पक्षमा पनि छलफल गर्ने भएको छ ।

कार्यक्रमको सम्पूर्ण प्रस्तुतीहरूलाई युटयुर्व, सामाजिक सञ्जालहरू, अनलाईन लगायत विविन्न सञ्चार माध्यमसँग जोड्ने छौँ । साथै कार्यक्रमको सम्पूर्ण गतिविधिलाई डकुमेन्टेसन गर्न पुस्तक प्रकाशन गर्ने छौँ ।

लिम्बुवानका लिम्बूहरू कर्मथालो तथा बसोबासको हिसाबमा विश्वव्यापी रूपमा रहेका छन् । सबैले जहाँ रहेतापनि सङ्गठीत हुँदै आफ्नो भाषा, धर्म, संस्कृति, इतिहास आदिको संरक्षण, संवद्र्धन, विकास लागि निरन्तर लाग्दै आफ्नो अधिकार प्राप्तीको क्षेत्रमा निरन्तर क्रियाशील रहेको छ ।

विभिन्न ठाउँमा आ–आफ्नो ढङ्गले लिम्बू पहिचानको लागि विभिन्न गतिविधिहरू गर्दै आएका छौँ । वर्तमान समयमा हाम्रो समाजमा रहेको मौलिक रीतिरिवाज, संस्कार, संस्कृति, इतिहास, सामाजिक, आर्थिक लगायतको विविध ज्ञानहरू युवा पुस्तालाई जोड्दै युवाहरूमा पुस्तान्तरण हुनु आवश्यक छ । मुख्य र महत्वपूर्ण विषयहरूमा बौद्धिक, अग्रज महानुभावहरूबाट विषयवस्तु प्रस्तुत, छलफल, बहस गरी ज्ञानहरू आदान–प्रदान र युवा पुस्ताहरूलाई सुसुचित गराउँदै जागरूप बनाउन आवश्यक छ । साझा विषयमा बहस, छलफल र दस्तावेजिकरण (Documentation) गर्ने अभ्यास र प्रयास स्वरूप यस कार्यक्रम हुनेछ ।

कार्यक्रमले समाजको विविध पक्षको ज्ञानहरू युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने, साझा विषयमा बौद्धिक छलफल, बहस, प्रस्तुती र दस्तावेजिकरण (Documentation) गर्ने, विश्वव्यापी रूपमा रहेको लिम्बू समाजको बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरू आदान–प्रदान गर्दै युवा पुस्तालाई प्रोत्साहित गर्न प्रयत्न गर्ने, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुमा समिक्षा, वैचारिक मन्थन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रमबा युवा पुस्तमा जागरण सिर्जना हुने, कार्यक्रममा भएको विषयवस्तुको प्रस्तुति, बहस, छललफलको पुस्तक प्रकाशन गरी दस्तावेजिकरण (Documentation) हुने, साझा विषयमा बहस, छलफल गर्ने प्रयास र अभ्यासको उदाहरणीय कार्यक्रम हुने र वैचारिक मन्थन, चिन्तन, जागरूपता सिर्जना हुने आयोजकले जनाएको छ ।

कार्यक्रम विषयवस्तुमाथि प्यानल डिस्कसन (बैद्धिक बहस), छलफलपत्र तथा विषयवस्तु प्रस्तुत र छलफल, (सेसनको सञ्चालनको क्रममा टिप्पणी, प्रश्न–उत्तर, छलफल भएर सञ्चालन हुने छ ।

यस कार्यक्रममा बुद्धिजीवि, लेखक, अभियान्ता, कलाकार, अर्थशास्त्री, राजनीतिज्ञ स्रोत व्यक्तिहरूको साथमा विभिन्न संस्थागत प्रतिनिधि, विद्यार्थी, युवाहरू लगायत सहभागी हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार