सकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारको ०७५ सालको कार्यकाल सुशासन, शान्तिसुरक्षा र विकासका दृष्टिले असफल वर्षको रुपमा रहेको दाबी गरे ।

यसैगरी उनले प्रधानमन्त्री ओलीको केही दिन अघिको काँग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले प्रधानमन्त्री ओलीको यस्ता अभिव्यक्तिले बाल मनोविज्ञानमा असर पर्ने बताए । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न पनि सचेत गराए ।

पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संविधानको भावना विपरित संवैधानिक निकायमा नियुक्त गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रिय सहमतिका साथ संवैधानिक निकायमा नियुक्त गर्न संवैधानिक परिषदको कल्पना गरिएपनि सरकारले सो अनुसार काम गर्न नचाहेको आरोप लगाए ।

काँग्रेसले २०७५ सालको सुरुवाती दिन आशा गर्न लायक भएपनि सरकारका गतिविधिले त्यसलाई निराशामा परिणत गरिदिएको दावी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार