काठमाडौं : लिम्बू अग्रेजी नेपाली अनलाईन डिक्शनरी मोवाइल एप्लिकेशन सार्वजनिक गरिएको छ ।
लिम्बू भाषालाई विश्वव्यापी बनाउने उद्देश्यले सजिलो न्यूज एप्लिकेशन नामक अनलाईनको सहकार्यमा शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि मोवाईल एप्लीकेशन सार्वजनिक गरिएको हो ।
भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ, प्रा. बालकृष्ण माबोहाङ लगायतको उपस्थितीमा शब्दकोष सार्वजनिक गरेका थियो ।
हरेक हप्ता संसारमा दुईवटा भाषा लोप भइरहेका अवस्थामा लिम्बू भाषालाई लोप हुन नदिनका लागि एप्लिकेशनको विकास गरिएको शव्दकोष निर्माणकर्ता हर्कजङ्ग कुरुम्बाङले बताए ।
यो शव्दकोषबाट संसारको सबै स्थानमा रहेका मानिसले लिम्बू भाषाका पढ्न र शब्दको अर्थ नेपाली अग्रेजी र लिम्बू भाषामा पाउनेछन् ।