दशौं फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक

पाँचथर :प्रतियोगिता सकिएको ३ महिना पछि रुस्लान दशौं फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक भएको छ । बिहीबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक फिदिम सपोर्टिङ क्लबले हिसाब सार्वजनिक गरेको हो  ।

गत पुसमा समपन्न भएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणमा ५३ लाख ३२ हजार ६ सय तीन रुपैयाँ आम्दानी भएको र ४९ लाख २९ हजार २ सय ८९ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जसमा ४ लाख ३ हजार ३ सय ३२ रुपैँया नाफा भएको क्लबले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतियोगितमा गेट टिककबाट मात्र १६ लाख ५३ हजार ३ सय उठेको क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए ।

फाल्गुनन्द गोल्डकपको दशौं सस्करण गत पुष २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना भएको थियो । एन्फाले यो सिजनमा दिएको समय तालीकाकोे पहिलो गोल्डकपको रुपमा फाल्गुनन्द गोल्डकप रहेको थियो । गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहेको थियो ।

https://www.youtube.com/watch?time_continue=3&v=dAjXQprRopo

प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, फ्रेन्डस क्लब र मोफसलका सुनसरी ११, झापा ११, मोरङ ११,कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्र्पो्टिङ क्लबको सहभागी भएका थिए ।

फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख र उपविजेताले नगद दुई लाख प्राप्त गरेका थिए । दशौं फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार