वैसाख पहिलो साता निःशुल्क आँखा शिविर संञ्चालन हुने

इलाम : वैसाख पहिलो साता इलाममा निशुल्क आँखा शिविर संचालन हुने भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वैशाख ५, ६ र ७ गते इलाम अस्पतालमा शिविर संचालन हुन लागेको हो ।

मोतियाविन्दुको शल्क्रिया सहितको निःशुल्क आँखा शिविर संञ्चालन हुने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलाम, पुर्वाञ्चल आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ इलाम र इलाम नगरपालिकाको संयुक्त आयोजनामा शिविर संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार