दलित समुदायलाई कम्प्युटर तालिम

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा दलित समुदायका लागि आधारभूत कम्प्युटर तालिम सुरु भएको छ ।

गाउँपालिकाको १ नम्बर वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्तर्गत दलित समन्वय समिति माइजोगमाईको आयोजनामा सोमबारबाट तालिम सुरु भएको हो ।

तालिममा दलित समुदायका १२ जनाको सहभागिता रहेको छ । मिलिस्टार कम्प्युटर नयाँबजारमा संचालन हुने तालिमलाई मिलिस्टारका संचालक डम्बर निरौला र चन्द्र पौडेलले सहजीकरण गरिरहेका छन् ।

आजको प्राविधिक युगमा कम्प्युटर शिक्षा अपरिहार्य रहेको र सो तालिम प्रदान गरी लक्षित वर्गलाई शिपयुक्त बनाउनका लागि वडा कार्यलयले कार्यक्रम ल्याएको वडा नम्बर १ का अध्यक्ष यामकुमार कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार