चट्याङले इलाममा ३ घाइते, लाखौंको क्षति

इलाम : मंगलबार विहान हुरीसँगै परेको चट्याङले इलामका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

करिब पौने ९ बजे परेको चट्याङले इलामको फाकफोकथुम गाउँपालिका ३ रातमाटेका रणबहादुर लिम्बूको घरमा आगलागी हुँदा दुई लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट लिम्बूको ढुङ्गा माटोले बनेको १ तले घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, टिभी र नगद ३० जलेर पुर्ण रुपमा नष्टभएको प्रहरीले जनाएको  छ । आगलागी स्थानीय र  प्रहरीको सक्रियतामा करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो । पिडीत परीवारका  ६ जना छिमेकीको घरमा सरणमा बसेका छन् ।

त्यस्तै चट्याङले लागेर ईलाम नगरपालिका ६ गढीका ३३ वर्षीय दिनेश गुरुङ घाइते भएका छन् ।  हावाहुरी र पानिसँगै परेको चट्याङको झिल्काले लागेर बेहोस भएका गुरुङको इलाम अस्पतालमा उपचार गरिएको छ । सोही ठाउँका ४१ वर्षीय बमबहादुर लिम्बूको जिल्ला अस्पताल इलाममा प्राथमिक उपचार गरी थप उपचारको झापाको विर्तामोस्थित विएण्डसी अस्पताल पठाईएको छ । उनको दाहिने पाता र पेटमा जलेको प्रहरीको भनाई छ ।

देउमाई नगरपालिका ९ लिङदिनमा त्रिभुवन आधारभुत विद्यालमा चट्याङले ३ वटा विजुलीको मिटरबक्स, २ थन सबमिटर, १ हजार पाँच सय मिटर कालो तार, ४ थान विद्युतीय बोर्ड र वायरिङ समेत गरि ७० हजार बराबरको क्षति भएको छ ।

सूर्योदय नगरपालिका १० आहालेमा ४४ वर्षीया छत्रमाया बुढाथोकी घाइते भएकी छन् । आफ्नै घर नजिक रहेको विद्युत ट्रान्समिटरमा चट्याङ पर्दा घाइते भएकी उनको फिक्कल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको झापाको विर्तामोडस्थित  विर्तासिटि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार