दमक क्याम्पसमा लिम्बू विद्यार्थी मञ्चको २१ औँ स्थापना दिवस सम्पन्‍न

  निशेष राई सत्यरुप
7 Shares

झापा : लिम्बू विद्यार्थी मञ्च दमक क्याम्पस ईकाइ समितीको आयोजनामा दमक बहुमुखी क्याम्पसमा पनि मञ्चको २१ औँ स्थापना दिवस मनाईएको छ ।

लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष बुद्धहाङ थाम्सुहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सचिव युवाहाङ तुम्वाहाङ्फे, लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य मनकुमार लिम्बू, राई विद्यार्थी संघका झापा जिल्ला अध्यक्ष सुनिल हताछो लगायत विभिन्न जातीय विद्यार्थी संगठनका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

“मातृ भाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वयक् लिम्बुवान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले नेपालका आदिवासी जनजाती समुदायका मानिसहरु पनि अन्य समुदाय सरह सक्षम रहेको बताएका थिए । कार्यक्रमको विशिष्ट अथिती समेत रहेका लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सचिव युवाहाङ तुम्वाहाङ्फले राज्यको नीति आफैंमा गलत रहेको दावी गरे ।

राई, लिम्बू लगायत आदिवासी जनजाती समुदायका मानिसहरु अन्य समुदाय सरह सक्षम रहेपनि राज्यको विभेदकारी नितीले असक्षम बनाएको उनले अरोप लगाए । त्यस्तै कार्यक्रममा बोल्दै लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य मनकुमार लिम्बूले सरकारको नितीमा विभेत देखिएको आरोप लगाए । उनले भने, ‘सरकारले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो मात्र भन्न सिकायो तर नराम्रोलाई राम्रो बनाउन सकिन्छ भन्न कहिले सिकाएन’ उनले थपे, ‘हो धेरै रक्सी पिउँदा स्वास्थ्यमा असर पर्छ तर त्यसलाई मिलाएर थोरै मात्र पिउने हो भने स्वास्थ्यमा फाईदा नै पुर्याउछ, मेरो मतलव हामिले आज रक्सी पिउँदा असर पुर्याउछ भनिन्छ तर रक्सीमा नै हुने अल्कोहल हामिले औषधीको रुपमा प्रयोग गरिरहेका हुन्छौं ।’

अर्को प्रसङ्गमा बोल्दै किरात राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले आदिवासी जनजाती विद्यार्थीको अक्षय कोषको रकम दमक क्याम्पसले दिन नचाहेको आरोप लगाए । विभिन्न वहाना बनाएर क्याम्पस प्रसासन भाग्ने प्रयासमा रहेको भन्दै उनले त्यो हुन नदिने पनि बताए ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक झाँकी, विभिन्न नृत्य तथा रचनाहरु समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार