सामाजिक सञ्जाल ‘फेसबुक’ मा समस्या

काठमाडौं : सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या सिर्जना भएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको हो ।

विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ ।

फेसबुकले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट पारेको छ ।

केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले न्यूज फिड खाली देखिएको र केहीले प्रोफाइलमा प्रवेश गर्न नसकेको गुनासो गरेका छन् । स्मार्टफोन एप्स र डेस्कटप ब्राउजरमा समेत यस प्रकारको समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार