‘महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन’

सन्दर्भ १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस

इलाम : महिला सहभागीताको बहसहरु हुने गरेपनि महिलाको अर्थपूर्ण सहभागीता हुन नसकीरहेको एक कार्यक्रमका सहभागीले बताएका छन ।

१ सय ९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार इलाम सदरमुकाममा आयोजित अन्र्तक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । ‘वर्तमान सन्दर्भमा महिला सहभागीताको अवस्था’ विषयक अन्तरक्रियामा महिला सहभागीता बढाउने कसरत भएपनि निर्णायक तहमा महिला पुग्न नसक्नु दःखत भएको बताएका छन ।

महिला चुलो चौकाबाट बाहिर निस्किनु पर्छ भनिएपनि महिलालाइ घरपरिवार बाट साथ सहयोग नहुने , घरबाहिर निस्कए निर्णायक तहमा पुग्न समाजले सहयोग नगर्ने गरेको बताए । अहिले विभिन्न क्षेत्रमा महिला सहभागीता बढ्दै गएपनि निर्णायक तहमा महिलाको उपस्थिती न्युन नै रहेको बताएका छन । केही मुट्ठीभर महिलाको पहुच निर्णायक तहमा पुगे पनि धेरैजसो महिलाहरु अधिकार र अवसरबाट वञ्चित भइरहेको सहभागीको भनाइ छ ।

क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) इलामले आयोजना गरेको कार्यक्रममा संचारकर्मी, संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । डब्लुडब्लुजे केन्द्रको सण्डे क्लब परियोजना अन्र्तगत इलाममा विभिन्न विषयहरुमा अन्र्तकृया गर्दै आएको डब्लुडब्लुजे इलामकी अध्यक्ष तथा सण्डे क्लब संयोजक सविता पाण्डेले बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार