डा.गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी

काठमाडौं : बुधबार एक विज्ञप्ति जारी गर्दै डा. गोविद केसीले तिनबुदे माग अघि सार्नुभएको छ । विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चतावनी दिनुभएको छ ।

चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिनुभएको हो ।

जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजेको भन्दै डा. केसीले आफ्नो माग सम्बोधकन नभए पुनस् अनशन बस्ने चेतवनी दिनुभएको हो ।

नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य नभएको बताउँदै केसीले भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा ल्याइ कारबाही गर्नुसमेत माग गर्नुभएको छ।news24nepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार